LISTEN LIVE RADIO

विपद प्रतिकार्यको पुर्वतयारीमा जुट्दै स्थानीय सरकार



गढवा ११ जेठ । सिमसिम पानी पर्न सुरु गरेको थियो । मनसुनको सुरुवातको लक्षण देखिन थालेको बेला संभाबित बाढीबाट हुने संभाबित डुवान, कटान र क्षतिको न्यूनीकरण र बिपद् प्रतिकार्य गर्न पुर्व सतर्कताकालागि स्थानीय सरकारका बिपद ब्यवस्थापन समितिलाई रेडक्रस दाङद्धारा कार्यशाला मार्फत सकृय बनाउन थालेको पाइएको छ ।

बर्षात्बाट निम्तिने संभावित बाढीको जोखिमबाट समुदायलाई जोगाउनु स्थानीय सरकारको दायित्व हो । त्यसै अनुरुप खहरे खोलाहरु र राप्ती नदीको बाढीबाट उच्च जोखिममा रहेका बस्तिहरु बचाउन देउखुरीको गढवा गाउँपालिकाले बिपद् प्रतिकार्य, र जोखिम न्यूनीकरण गर्न पुर्व सुचना प्रणालीलाई मजबुत बनाउन संयन्त्र गठन तथा परिचालन गर्न थालेको गाउँपालिकाका अध्यक्ष यमनारायण पोखे्रलले बताउनुभयो । नेपाल रेडक्रसको प्राबिधिक सहयोगमा नयाँ ढंगले पुर्व सुचना प्रणालीको संयन्त्र निर्माण गर्दै बिपद् पुर्वतयारी र प्रतिकार्य योजना तत्काल निर्माण गरी गाउँसभाबाट पारीत गरेर अगाडी बढ्ने गाउँपालिकाले जनाएको छ ।

गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता र रेडक्रस दाङका सभापति मदन गौतमको प्रमुख आतिथ्यमा बिहिवार गढवामा बाढी पुर्वसुचना प्रणली संयन्त्र निर्माण कार्यशाला सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै स्थानीय राजनितिक दल तथा बुद्धिजिवीहरुले बिपद एक्कासी आउने भएकोले सुचना प्रणालीलाई मजबुत बनाउन तथा बिपद् ब्यवस्थापन कोष गाउँपालिका देखि वडा तहसम्म निर्माण एवं परिचालन गर्न जोड दिएका छन् ।

गतबर्षको बाढीबाट धेरै सिकाई भएको छ । स्थानीय सरकारले बिपद् ब्यवस्थापन कोष खडागरि बिपद्को बेला तत्काल कोष परिचालन गर्नुपर्छ–स्थानीय राजनितिक दलका नेताहरुले कार्यशालामा सुभाब प्रस्तुत गर्नुभयो । राप्ती नदी र खहरे खोलाहरुमा आउने संभाबित बाढीको पूर्वानूमानका साथै त्यसले समुदाय र बस्तिहरुमा निम्त्याउने जोखिम आंकलन गर्दै गढवा गाउँपालिकाले पूर्व सतर्कता अपनाउन थालेको पाइएको हो । बिपद्को समयमा नेपाल प्रहरी र आर्मीको सुरक्षा संयन्त्र तथा रेडक्रस टिम आफ्नै ढंगले परिचालन हुने भएपनि स्थानीय सरकारको तर्फबाट पनि सर्बपक्षिय संयन्त्र निर्माण गरी बिपद् पुर्वतयारीमा जुट्न आाबश्यक रहेको रेडक्रस दाङका सभापति मदन गामैतमले बताए ।
कार्यशालामा ब्यापक छलफल गरि वडा तहदेखि पालिका तहसम्म कृयाशिल संघसंस्था, सञ्जाल,राजनितीक दलहरु, सुरक्षा निकाय, पत्रकार, स्थानीय सरकार, रेडक्रस तथा उद्योग बाणिज्य संघ लगायतको संयुक्त संयन्त्र गठन गरि बिपद् प्रतिकार्य, उद्धार तथा राहात बितरण, सुरक्षित आवास, सुचना प्रणालीको मजबुतिकरण लगायत जोखिम न्यूनीकरणका बैकल्पिक तरिकाहरु अबलम्बन गरि बिपद ब्यवस्थापन गरिने भएको र उक्त ड्राफ्ट बनाउन रेडक्रस दाङले प्राबिधिक सहयोग गर्ने भएको छ ।
कार्यशालामा स्थानीय राजनितिक दलहरु, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु लगायतका जनप्रतिनीधीहरु, सुरक्षा प्रमुखहरु, पत्रकार, गाउँपालिकाका बिषयगत शाखा प्रमुखहरु, रेडक्रसकर्मि, उद्योग बाणिज्य संघ र अन्य संघसंस्थाहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण रेडक्रसकमर्मी थानेश्वर पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे