LISTEN LIVE RADIO

राप्तीमा बजार अनुगमन जारी : छैंठौ दिन ६१ हजार ५ सय रुपैयाँ राजश्व संकलन



राप्तीमा बजार अनुगमन जारी : छैंठौ दिन ६१ हजार ५ सय रुपैयाँ राजश्व संकलन

भालुवाङ ८ जेठ । दाङको राप्ती गाउँपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ । व्यापारीहरुलाई करको दायरामा ल्याउन बजार अनुगमनलाई तीब्र बनाएको हो । गाउँपालिकाले जेठ १ गते देखि सुरु गरेको बजार अनुगमनको सोमवार छैंठौ दिन पाखापानी क्षेत्रमा अनुगमन गरिएको छ ।

विशेष गरि पसलहरु गाउँपालिकामा दर्ता भए नभएको, नवीकरण गरे नगरेको, मुल्य सुची राखे नराखेको, म्याद नाघेको छ वा छैन, होडिङ बोर्ड राखे नराखेको लगायतका विषयमा अनुगमन भइरहेको राप्ती गाउँपालिका आर्थिक विकास शाखाका प्रमुख जीवराज पौडेलले जानकारी दिएका छन् ।

छैंठौ दिन कुल ४७ वटा पसलको अनुगमन गर्दा किराना पसल, तथा होटलबाट म्याद नाघेको करिव २ हजार बराबरको सामान बरामद गरिएको छ । यस्तै अनुगमनका क्रममा नयाँ पसल दर्ता र नविकरणबाट छैंठौ दिन ६१ हजार ५ सय रूपैयाँ राजश्व संकलन गर्न सफल भएको राप्ती गाउँपालिका राजश्व इकाईकी कर्मचारी सुनिता बस्नेतले जानकारी दिएकी छिन् ।

अनुगमनमा राप्ती गाउँपालिका आर्थिक विकास शाखा प्रमुख जिवराज पौडेल, राजश्व इकाईकी सुनिता बस्नेत, भुमि शाखाका नारायण न्यौपाने, राप्ती उद्योग वाणिज्य संघका सदस्य बिजुला केसी, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता र इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरीहरु रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे