LISTEN LIVE RADIO

एसका केन्द्रिय सचिव विश्वासी, सहित ३५० बढी नेता कार्यकर्ता एमालेमा प्रवेश



तुलसीपुर ६ जेठ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासीसहित दाङका तिन सय ५० बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । शनिबार तुलसीपुरमा भएको नेत्रलाल अभागीको ४० औं स्मृति दिवसकार्यक्रममा एमालेका महासचिव शंकर पोखरेलले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।
सचिव विश्वासीसँगै नेकपा एसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, केन्द्रीय सदस्य शारदा स्वर्णकार, लुम्बिनी प्रदेश कमिटी सदस्य अमित शर्मा, जिल्ला अध्यक्ष सुरामणि बेल्वासे, उपाध्यक्ष चूर्णबहादुर वली, सचिव डिल्ली डाँगी सहितका नेता कार्यकर्ताहरू एमालेमा फर्किएका हुन् ।
पार्टी प्रवेशपछि विश्वासीले करिब दुई वर्षसम्म बाटो बिराएको भन्दै महासचिव लगायतका नेता कार्यकर्ताहरु साक्षी राख्दै एमालेको कार्यकर्ताको हैसियतले आत्मआलोचना गरे । गल्ती कमीकजोरी गर्दै आँफू पुनः आफ्नै घरमा फर्केको बताए । एस पार्टीको बारेमा धेरै नबोल्ने भन्दै एसमा रहेका सम्पूर्ण साथीहरुलाई आफ्नै घरमा फर्किन आग्रह गरे । नेकपा एस कांग्रेस र माओवादीको पुच्छर बनेको पनि बताए ।
त्यस्तै पूर्व स्वास्थ्य राज्यमन्त्री हिरा चन्द्र केसीले नेकपा एस कम्युनिष्ट आन्दोलनको बाधक बनेको टिप्पणी गरेका छन् । समाजबादी पार्टीमा बारम्बार हामीले एउटै प्रश्न गरेउ पार्टी फुटाउनुको मुख्य कारण के हो ? त्यो कहिल्यै आएन । पार्टीलाई अगाडी बढाउन धेरै लागियो पार्टीले गति लिन सकेन । पार्टी नेपाली काङ्ग्रेस र माओवादीको पिछा लाग्ने उनीहरुमा भर पर्ने भयो त्यसकारण त्यहाँ बस्न उचित लागेन हामीले दुख गरेर बनाएको पार्टी नेकपा एमाले प्यारो लाग्यो आफ्नै गर फर्कियौँ – केसिले भने ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे