LISTEN LIVE RADIO

दाङमा हत्या आरोपमा दुई जना पक्राउ



दाङ १७ चैत । बंगलाचुली गाउँपालिका–२ मर्पेसका ४० वर्षीय रेशम सुनारलाई हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीया पत्नी कमला सुनार र १७ वर्षीय छोरालाई पक्राउ गरेको छ ।

चैत १४ गते साँझ कोदालोले टाउकोमा हानेर हत्या गरेका थिए । घटनालगत्तै इलाका प्रहरी कार्यालय कमिरेचौरबाट गएको प्रहरीले आरोपित कमला सुनारलाई पक्राउ गरेको र घटनापछि फरार भएको छोरालाई चैत १५ गते घोराही उपमहानगरपालिका वडा नं. १९ बाट पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । शवको पोष्टमार्टम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे