LISTEN LIVE RADIO

राप्ती गाउँपालिकामा कक्षा १ देखि ९ सम्मको वार्षिक परिक्षा सुरु



भालुवाङ १५ चैत । दाङको राप्ती गाउँपालिकामा शैक्षिकसत्र २०७९ को गाउँपालिका स्तरीय वार्षिक परिक्षा मंगलबार देखि सुरु भएको छ । कक्षा १ देखि ९ कक्षा सम्मकाे यस वर्षको वार्षिक परिक्षा सुरु भएको हो।

राप्ती गाउँपालिकाभित्र रहेका ३० ओटै सामुदायिक विद्यालयमा एकै साथ परिक्षा सुरु भएको राप्ती गाउँपालिकाका शिक्षा ,युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिएका छन् ।

पालिकाकाे वार्षिक कार्यतालिका अनुसार परिक्षा मंगलबार देखि चैत २२ गते बुधबार सम्म सञ्चालन हुने शाखा प्रमुख विकले जानकारी दिएका छन् ।

यस वर्ष पालिकामा सामुदायिक विद्यालयका ७ सय ८५ र संस्थागत विद्यालयका ३ सय १८ गरि जम्मा ११०३ जना विद्यार्थीहरु कक्षा ८ काे परिक्षा सामेल भएका छन् ।

साथै राप्ती गाउँपालिका स्तरीय आधारभूत परीक्षा समितिको वैठकले आधारभूत तह(कक्षा ८) उत्तीर्ण वार्षिक परिक्षा बिहान ८ बजे देखि र अन्य कक्षाको दिउसो १ बजे देखि सञ्चालन गर्ने निर्णय गरेको थियाे।

सोही अनुसार कक्षा ८ को मंगलबार पहिलो दिन अंग्रेजी विषयको परिक्षा शान्ति पूर्ण वातावरणमा सम्पन्न भएको शिक्षा शाखाकी प्राविधिक सहायक देवि मल्लले जानकारी दिएका छन् । कक्षा ८ को परीक्षाकाे गाउँपालिका स्तरीय परिक्षा अनुगमन समितिले अनुगमन समेत गरि रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे