LISTEN LIVE RADIO

देउखुरीमा सम्राट सिमेन्ट उद्योग विरुद्ध स्थानीय आन्दोलित, उद्योग जाने सडक अवरुद्ध



लमही १२ चैत । दाङकाे देउखुरीमा सम्राट सिमेन्ट उद्योग जाने सडक अवरुद्ध पारिएको छ। लमही नगरपालिका–७ मा गठित सम्राट सिमेन्ट प्रभाबत संघर्ष समितिले आइतबार देखि अनिश्चितकालीन सडक अवरुद्ध गरेको हो।

सम्राट सिमेन्ट उद्योगले स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्थानीय बासिन्दा आन्दोलित भएका हुन्। संघर्ष समितिले एक हप्ते अल्टिमेटम दिँदै लमही नगरपालिका, जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय, वडा कार्यालय लगायतका निकायमा ज्ञापन पत्र बुझाएका थिए। तर, स्थानीयको माग सुनुवाइ भएको छैन। उद्योगका कारण धुँवा, धुलो र ध्वनि बढेको भन्दै बस्ती नै बिस्थापित हुने जोखिममा छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे