LISTEN LIVE RADIO

लुम्बिनीकाे मुख्यमन्त्रीमा कांग्रेसका डिल्लीबहादुर चाैधरीकाे दाबी पेस



भालुवाङ १२ चैत । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले मुख्मन्त्रीमा दाबी पेस गरेको छ । कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले माओवादी केन्द्र, जनमत, जसपा, लोसपासहित आठ दल र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरेका हुन् ।

माओवादी केन्द्र सहितका दलहरूले सरकार छाडेर समर्थन फिर्ता लिएपछि एमालेका मुख्यमन्त्री लीला गिरी अल्पमतमा परेका छन्। तर अल्पमतमा परेपछि विश्वासको मत लिन एक महिना समय हुँदाहुँदै पनि मुख्यमन्त्रीमा दाबी पेस भएको हो । मुख्यमन्त्री गिरीले प्रदेशबाट ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । यदि उनले विश्वासको मत प्राप्त गर्न नसकेमा मात्रै प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

गिरी नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरू माओवादीका जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी तथा जनमत पार्टीका सीके गुप्ताले आजै राजीनामा बुझाएका छन् । ८७ सदस्यीय प्रदेश सभामा बहुमत जुटाउन ४४ सांसदको समर्थन आवश्यक पर्छ । लुम्बिनीमा नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका ४/४, जसपा, लोसपा र जनमत पार्टीका ३/३, स्वतन्त्र २ तथा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ जना प्रदेश सभा सदस्य रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे