LISTEN LIVE RADIO

प्रहरी प्रमुख सिंहको पहिलाे सफलता, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ



भालुवाङ ९ चैत । इलाका प्रहरी कार्यालय भालुवाङमा भर्खरै नयाँ प्रहरी प्रमुखकाे रुपमा आएका प्रहरी निरीक्षक उज्ज्वल बहादुर सिंहको कमाण्डमा खटीएको प्रहरी टोलीले  कर्तव्य ज्यान मुद्दाका फरार एक जना प्रतिवादीलाई १३ वर्षपछि पक्राउ गरेको छ ।

साबिक लालमटिया गा.वि.स. वडा नं. ३ हाल राप्ती गाउँपालिका वडा नं. १ भालुबाङ निवासी मोहम्मद अमर मुसलमान भन्ने मोहम्मद अमिरलाई १३ वर्षपछि पक्राउ गरेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

अमिरलाई कर्तव्य ज्यान सम्बन्धि कुसरमा कपिलवस्तु जिल्ला अदालतले २०६६ साल वैशाख ८ गते २० बर्ष कैद फैसला सुनाएको थियो । फरार रहेका अमिरलाई प्रहरी निरीक्षक  सिंहको कमाण्डमा खटीएको प्रहरी टोलीले बुधबार राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ स्थित लुकीछिपी बसि रहेको अवस्थामा पक्राउ गरेको थियो । अमिरलाई पक्राउ गरी जिल्ला अदालत दाङमा पेश गरीएको हो । जिल्ला अदालत दाङले अमिरलाई कैद भुक्तानका लागी जिल्ला कारागार घोराहीमा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे