LISTEN LIVE RADIO

देउखुरीमा वन्यजन्तुको सुकुटी सहित एक जना पक्राउ



भालुवाङ ७ चैत । दाङ प्रहरीले करिब २१ केजी बन्यजन्तुको सुकुटी सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नं. ७ छेकरियानाकाका ४९ वर्षीय कमानर्सिंह बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

राजपुर गाउँपालिका वडा नं. ५ नौसरा सडक खण्डमा वन्य जन्तुको सुकुटी बोकेर विक हिडी रहेको भन्ने गोप्य सूचनाको आधारमा गएको ईलाका प्रहरी कार्यालय गढवाबाट गएको प्रहरी टोलीले उनलाई मंगलबार बिहान ८ बजे दुई वटा प्लाष्टिकको बोरामा राखेको सुकुटिसहित पक्राउ गरेको हो ।

बरामद गरेको एउटा बोरामाबाट १७ किलो ३४० ग्राम र अर्को बोराबाट ३ किलो २२० ग्राम सुकुटी बरामद गरेको जिल्ला प्रहर िकार्यालय दाङका प्रहरी नायव उपरिक्षक राजन गौतमले जानकारी दिए । आवस्यक कार्याहीका लागि बिकलाई डिभिजन वन कार्यालय लमहीमा बुझाइएको गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे