LISTEN LIVE RADIO

चैत १२ गतेसम्म स्ववियु निर्वाचन सक्न उपकुलपतिको निर्देशन



काठमाडौँ ५ चैत । त्रिभुवन विश्वविद्यालयका उपकुलपति कार्यालयले आइतबार स्ववियु निर्वाचन हुन नसकेको क्याम्पसहरुमा चैत १२ गतेअगावै निर्वाचन सम्पन्न गराउन निर्देशन दिएको छ ।

उपकुलपति धर्मकान्त बाँस्कोटाले विज्ञप्ति जारी गरेर स्ववियु चयन गर्न सफल क्याम्पसलगायत, पदाधिकारी, प्राध्यापक, विद्यार्थीलाई धन्यवाद दिएका छन् । १२ गतेदेखि परीक्षा संचालन गर्ने कार्यतालिका रहेकोले त्यसअघि नै स्ववियु गठन गर्न आग्रह गरेका हुन् ।

काठमाडौंका ७ सहित देशभरका केही ठूला क्याम्पसमा आइतबार स्ववियु निर्वाचन हुन सकेको छैन । ‘स्ववियुलाई हारजित नसम्झी, आपसी समझदारी गरी विद्यार्थीको हकहितलाई केन्द्रमा राखेर निर्वाचन प्रक्रियालाई सम्पन्न गर्न अनुरोध गर्दछु,’ विज्ञप्तिमा भनिएको छ । निर्वाचन निर्देशिकामा वैशाख ५ गतेसम्म निर्वाचन गराउन सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे