LISTEN LIVE RADIO

लघुवित्त वित्तीय संस्था प्रति लाग्ने गरेको भ्रामक हल्लाको पछि नलाग्नुस् : योगी



भालुवाङ ३ चैत । जाल्पा सामुदायिक लघु वित्त वित्तीय संस्थाकी कार्यकारी प्रमुख विमला योगीले लघुवित्त वित्तीय संस्था प्रति लाग्ने गरेको भ्रामक हल्लाको पछि नलाग्न आग्रह गरेकी छिन् ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि. भालुवाङले शुक्रवार भालुवाङमा आयोजना गरेको उद्यमशीलता विकास तथा वित्तीय साक्षरता कार्यक्रममा बोल्दै योगीले सो आग्रह गरेकी हुन् । पछिल्लो समय लघुवित्तलाई बदनाम गराउन एक गिरोह लागि परेकोेले त्यस्ता अराजक गतिविधि गर्ने समुहका पछाडी नलाग्न योगीले सम्पुर्ण महिला दिदीबहिनीहरुलाई आग्रह गरेकी छिन् । लघुवित्तहरु नेपाल सरकारबाट वैधानिक रुपमा सञ्चालन भएको ती संस्थाहरुले महिलाहरुलाई संगठित गर्दै बचत गर्ने बानीको विकास सँगै उद्यमशीलता सँग पनि जाड्ने गरेको बताएकी छिन् ।

दुर्गा प्रसाईं जस्ता व्यक्तिहरूका कारण आज लघुवित्त वित्तीय संस्थाहरु बदनाम भइरहेको भन्दै त्यस्ता अराजक गतिविधि गर्ने विरूद्व घोर आपत्ति समेत प्रकट गरेकी छिन् । उनले जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले महिलाहरुलाई उद्यमशील तर्फ जोड्दै लैजानुका साथै पशु प्राविधिक, पशु विमा, बाल शिक्षा, बचत तथा ऋण प्रवाह समेत गर्दै आएको बताएकी छिन् । त्यस्तै उनले महिला दिदीबहिनीहरूले ऋण निकाल्दा आफ्नो क्षमता अनुसार ऋण निकाल्न सुझाव समेत दिएकी छिन्।

त्यस्तै राप्ती गाउँपालिकाका प्रवक्ता तथा २ नम्बर वडा अध्यक्ष पहलवान चौधरीले उद्देश अनुसार लिएको ऋण सहि ठाउँमा लगानी गर्न सुझाव दिनुका साथै क्षमता अनुसार ऋण निकाल्न अनुरोध गरेका छन् । लिएको ऋणलाई सहि ठाउँमा सहि तरिकाले सदुपयोग नगर्दा धैरे समस्या उत्पन्न गरेको बताउँदै त्यस तर्फ महिला दिदीबहिनीहरु सचेत हुन जरुरी रहेको बताए । संस्थाकी कार्यकारी प्रमुख विमला योगीको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य ईश्वरी परियार, इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी नायव निरिक्षक उत्तमकुमार वली, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाकी आन्तरिक लेखा सुपरिवेक्षण विभाग प्रमुख कल्पना कार्कीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शाखा प्रबन्धक पार्वती गिरीले गरेकी थिइन् । ९२ जना महिलाहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण पशु प्राविधिक हिमाल गोराथोकी, आन्तरिक लेखा सुपरिवेक्षण विभाग प्रमुख कल्पना कार्की, लमही शाखाका प्रमुख पुष्पा पुलामी, अनुगमन अधिकृत खगा भण्डारीले गरेका थिए । २०५० सालमा स्थापना भएको संस्थाको केन्द्रीय कार्यालय बुटवलमा रहेको छ । हाल २९ वटा जिल्लामा गरि ९९ वटा शाखाहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे