LISTEN LIVE RADIO

दलित सचेतना अभियान दाङको शाखा राप्तीमा विस्तार, अध्यक्षमा ठगेन्द्र परियार चयन



भालुवाङ २ चैत । दलित सचेतना अभियान दाङको शाखा राप्ती गाउँपालिकामा विस्तार गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङमा २०६६ साल वैशाख ७ गते दर्ता भएको संस्थाले हालै राप्ती गाउँपालिकामा पनि आफ्नो शाखा विस्तार गरेको छ । विस्तारित शाखा अध्यक्षमा ठगेन्द्र परियार सर्वसहमतीले चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा अमृता परियार, सचिवमा इन्द्रजित नेपाली, सहसचिवमा पदम परियार, कोषाध्यक्षमा भिमबहादुर दमाई रहेका छन् । त्यसै गरि सदस्यहरुमा फुर्सी परियार, विष्णु परियार, छविलाल सुनार, भिमबहादुर विश्वकर्मा र तिलकराम नेपाली रहेका छन् ।

त्यसै गरि सल्लाहकारमा गिरबहादुर विश्वकर्मा, अमृत दमाई र खड्क बहादुर परियार रहेका छन् । दलितका क्षेत्रमा काम गर्ने उद्देश्यले दलित सचेतना अभियान दाङको स्थापना गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे