LISTEN LIVE RADIO

गढवामा खेलकुद प्रतियोगिता सुरु, लमही नगरपालिका र गढवा गाउँपालिका फाइनलमा प्रवेश



गढवा २७ फागुन । गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा पालिका स्तरीय खेलकुद प्रतियोगिताको शनिबार गढवामा उद्घाटन गरिएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ प्रतियोगिताको शुभारम्भ गरिएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजितको प्रमुख आतिथ्यता तथा प्रदेश पुर्वधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छबिराज पोख्रेल र गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिष्ट आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रमको बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारुले खेल स्वास्थ्यलाई मात्र नभई देशको लागि पनि आवश्यक रहेको बताए ।
अध्यक्षकप खेलकुद प्रतियोगिता हुँदै आएको तर यस पटक पालिकाले पालिका स्तरीय खेलकुद प्रतियोगिताको आयोजना गरी खेलको स्वरुप पनि फेरबदल गरेको बताउँदै केही नयाँ खेलहरु थप गरिएकोले आगामी दिनहरुमा अरु खेलहरु पनि थपिदै जानु राम्रो बिषय भएको मन्त्री थारुलै बताए । देउखुरीको तिन पालिका र एक नगर पालिका लाई समेटेर संयुक्त रुपमा खेलको आयोजना गरेकोले यो खेल प्रतियोगिता मात्र नभई आपसी भाईचारा, सद्भाव र समग्र देउखुरी विकाशमा महत्वपूर्ण भूमिका रहने बिस्वास ब्यक्त गरे । त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले खेलकुद प्रतियोगितालाई एउटा प्रतियोगिता मात्र नभई आगामी बर्ष देखी केही थप खेलहरु थप गरेर खेलकुद उत्सवको रुपमा मनाउने योजना बनाएको बताए ।
गढवा गाउँपालिका लाई खेलकुदको क्षेत्रमा विकाश गर्न लागिपरेको र पालिकामा पालिका स्तरीय खेलकुद समिति र वडाहरुमा वडा स्तरीय खेलकुद समिति समेत गठन गरि सकेको बताए । खेल क्षेत्रलाई वडा स्तर बाटै पहल गरिने र योजनाबद्ध रुपमा खेल क्षेत्रलाई विकाश गर्दै लैजाने बताए । पालिका स्थापना दिवसको अवसरमा देउखुरीका चार स्थानीय तह, गढवा, राजपुर र राप्ती गाउँपालिका र लमही नगरपालिका गरी चार वटा पालिका संग मैत्रिपुर्ण फुटबल प्रतियोगिताको आयोजना गरेको बताउँदै प्रतियोगिताबाट ४ पालिका बिच आपसी समझरादी, व्यवहार, भाईचारा र देउखुरीको समग्र विकासका लागि एउटा छुट्टै टिम बनोस् भनेर आयोजना गरिएको बताए। प्रतियोगिताको उद्घाटन गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र बल प्रहार र प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारुले गोल पोस्टको गोल रक्षक बनेर प्रतियोगिताको उद्घाटन गरे । दुवैजनाले एक/एक गोल गरेका थिए । त्यसैगरी शनिबार भएको खेलमा लमही नगरपालिका र गढवा गाउंपालिका फाइनलमा प्रवेश गरेका छन्।
शनिबार गढवा जनता माध्यमिक विद्यालय गढवाको खेल मैदानमा भएको अन्तरपालिका स्तरीय फुटबल खेलको पहिले खेलमा गढवा गाउँपालिकाले राजपुर गाउपालिकालाई र दोस्रो खेलमा लमही नगरपालिकाले राप्ती गाउंपालिका लाई पराजित गर्दै फाइनलमा प्रबेश गरेका हुन् । लमही नगरपालिका र राप्ती गाउ पालिका बिचको खेल निर्धारित समयमा खेल बराबरी हुदा पेलान्टी सुट बाट लमहीले जित हाँसिल गर्न सफल भएको थियो । लमहीको तर्फबाट लमही नगरपालिकाका प्रशासन प्रमुख महेश थापा ठेडी, भुमिका गोपाल बिक र दमकल सहयोगी भिख राम चौधरीले पेनाल्टी मार्फत एक एक गोल गरेका थिए । खेलमा लमही नगरपालिका लमही नगरपलिका वडा नम्बर ५ का वडाध्यक्ष सागर सुवेदी, वडा नम्बर १ का वडाध्यक्ष दामोदर पौडेल , वडा नम्बर ३ का वडाध्यक्ष मनोज चौधरी , वडा नम्बर ६ का वडाध्यक्ष श्याम नारायण चौधरी र लमही नगरपालिका कर्मचारी हरु लमही नगरपालिकाका तर्फबाट खेलाडीको भुमिका निर्बाह गर्नु भएको थियो । फाइनल खेल फागुन ३० गते जनता माध्यमिक विद्यालय गढवाको खेल मैदानमा हुने कार्यक्रम तय गरिएको गढवा गाउँपालिकाले बताएको छ ।
कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिस्ट, उपाध्यक्ष कमलापति चौधरी, गढवा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत आशिस चौधरी, राजपुर गाउपालिकका प्रमुख प्रशासकिय अधिकृत बिष्णु कुमार पान्डेय, देउखुरी सामुदायिक पुस्तकालयकि ओभा पाठक, जनता माध्यामिक बिद्धायलका प्रधानाध्यापक राम सुरत यादव, नेपाल रेडक्रस सोसाइटि उपशाखा गढवाका सभापति दयाराम यादव, बड्का पथ सिचाइ आयोजनाका रघुनन्दन चौधरी, गढवा गाउँपालिका वडा नं ६ का अध्यक्ष बिर बहादुर आले मगर, नेपाली काङ्ग्रेसका हुकुमराज यादव, राष्ट्रीय जनमोर्चाका कपिलदेव खनाल लगाएतकाले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण गढवा गाउँपालिका शिक्षा शाखा प्रमुख श्याम बहादुर बिकले गरेका थिए ।
Seen by PressOmprakash Gupta at Thursday 14:33
Enter
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे