LISTEN LIVE RADIO

लुम्बिनीमा सरकार ढाल्न मन्त्रीहरु नै आठ दलको बैठकमा सहभागी



भालुवाङ १७ फागुन । केन्द्रमा राजनीतिक समिकरण फेरिएपछि त्यसको असर लुम्बिनी प्रदेशमा पनि देखिएको छ । प्रदेश सरकार परिवर्तन र राष्ट्रपती निर्वाचनलाई लक्षित गरेर आठ राजनीतिक दलको बुधवार संयुक्त बैठक बसेको छ । प्रदेश सभाको छैठौं बैठक सकिएलगत्तै आठ राजनीतिक दलको विचमा बैठक बसेको नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले जानकारी दिए ।

अव प्रदेशमा नयाँ समिकरणको आधारमा सरकार गठनको लागी पहल लिएको र बहुमत सिद्ध गरेर सरकार परिवर्तन गर्ने चौधरीले बताए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रीक समाजवादी पार्टी, एकिकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा दलको संयुक्त बैठक बसेको हो ।

नेकपा एमाले नेतृत्व सरकारमा बसेका मन्त्रिहरु समेत आठ दलिय बैठकमा सहभागी भएका छन् । नेकपा माओवादी संसदीय दलका नेता तथा आर्थिक मामिला मन्त्रि जोखबहादुर महरा, जनमत पार्टी संसदीय दलका नेता तथा सामाजिक विकास मन्त्रि चन्द्रकेश गुप्ता सहभागी थिए ।

लोकतान्त्रीक समाजवादी पार्टी संसदीय दलका नेता सन्तोष पाण्डेले वर्तमान सरकार अफल भएको दावी गर्दै नयाँ सरकार बन्ने जिकिर गरे । उनले सरकारलाई दिएको समर्थन फिर्ता लिने र त्यसको एक महिना भित्र मुख्यमन्त्रीले पुन: विश्वासको मत लिंदा वहुमत नपुग्ने बताए ।

अवको दुई महिना भित्र प्रदेशमा नयाँ सरकार बन्ने दावी गर्दै उनले आफुहरु नयाँ समिकरणका साथ अघि बढ्ने जानकारी दिए । यो प्रदेशमा एमाले पहिलो दल भएकाले एमालेलाई विस्थापीत गरेर नयाँ सरकार बनाउन सकस भने देखिन्छ । बैठकमा राष्ट्रपती निर्वाचनलाई लक्षित गरेर १९ गते आयोजना गर्न थालिएको प्रदेश सांसदको संयुक्त प्रशिक्षणको बारेमा छलफल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे