LISTEN LIVE RADIO

लुम्बिनी प्रदेशसभा बैठक भाेली दिउँसो १ बजे बस्दै



लुम्बिनी प्रदेशसभा बैठक भाेली दिउँसो १ बजे बस्दै

भालुवाङ १६ फागुन । लुम्बिनी प्रदेशसभाको बैठक भाेली फागुन १७ गते बस्ने भएको छ। झण्डै एक महिनापछि सभामुखको निर्देशन अनुसार बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ।

प्रदेशसभा सचिवालयले जारी गरेको सूचना अनुसार बैठक भाेली दिउँसो १ बस्ने छ। लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक बस्ने तय भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनद्वारा जारी सूचनामा उल्लेख छ। यसअघि प्रदेशसभाको बैठक गत माघ २० गते बसेको थियो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे