LISTEN LIVE RADIO

नेपाल रेडक्रस सोसाइटी दाङ शाखाको सभापतिमा गौतम निर्विरोध चयन



दाङ १० फागुन । नेपाल रेडक्रस सोसाइटी दाङ शाखाको सभापतिमा मदन गौतम चयन भएका छन् । शाखाको मंगलबार लमहीमा भएको ३९ औँ अधिवेशनबाट सभापतिमा गौतम निर्विरोध चयन भएका हुन् ।

अधिवेशनले सभापतिसहित छ पदमा सर्वसम्मत नेतृत्व चयन गरेको छ भने बाँकी पद निर्वाचनबाट चयन गरिएको छ । जस अन्तर्गत समितिको महिला उपसभापति, मन्त्री, कोषाध्यक्ष, उप–मन्त्री र उप–कोषाध्यक्ष पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

समितिको महिला उपसभापतिमा भगवती शर्मा, मन्त्रीमा प्रकाश श्रीबन्ध, कोषाध्यक्षमा कुशल तर्ताल, उप–मन्त्रीमा बिमल केसी, उप–कोषाध्यक्षमा दोर्णबहादुर वली सर्वसम्मत चयन भएका छन् ।

उपसभापतिमा सर्वसम्मत हुन नसकेपछि भएको निर्वाचनमा हरिहर पौडेल ४७ मतका साथ निर्वाचित भएका छन् । उनका निकटतम प्रतिष्पर्धी ज्ञानप्रसाद आइतबारेले ३२ मत ल्याएका थिए । समिति खुल्ला सदस्यमा प्रमोद पौडेलले ५८ मत ल्याएर निर्वाचित भएका छन् । यस्तै भिमलाल मरासीनीले ४२ मत ल्याएर निर्वाचित भएका छन् ।

यस्तै मिनराज शर्माले ४३, बंशीकुमार शर्माले ३७ , थानेश्वर गैरेले ४९ , थम्मन चौधरीले ५५ र मदन धितालले ४६ मत ल्याएर खुल्ला सदस्यमा निर्वाचित भएका छन् । यस्तै शुष्मा भण्डारीले ४८, पुष्पा यादवले ३६, सीमा न्यौपानले ४२ मत ल्याएर महिला सदस्यमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे