LISTEN LIVE RADIO

सिर्जनात्मक कार्यका लागि सरकार युवा सँग सहकार्य गर्न तयार छ : चाैधरी



सिर्जनात्मक कार्यका लागि सरकार युवा सँग सहकार्य गर्न तयार छ : चाैधरी

भालुवाङ १३ माघ । प्रतिनिधि सभाका सदस्य तथा निर्वतमान शहरी विकास मन्त्री मेटमणी चाैधरीले सिर्जनात्मक कामका लागि सरकार युवा सँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

इन्द्रेणी युवा क्लव भालुवाङको साधारणसभालाई शुक्रबार भालुवाङमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
प्रमुख अतिथि समेत रहेका चाैधरीले युवाहरूलाई रोजगारका लागि र कुनै योगदानको अपेक्षा गरेमा त्यो अपेक्षा पूरा गर्न आफू तयार रहेको बताएका छन् । त्यस्तै उनले निर्वाचनका बेला आफुलाई विजय गराउन महत्त्वपूर्ण भुमिका निर्वाह गरेमा धन्यवाद दिएका थिए ।

त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य तथा निर्वतमान स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारूले युवाहरूलाई अनुशासित बनाउने देखि समाजका विकृति विसंगति चर्ने काम युवाले गर्न सक्ने भन्दै युवाहरू जागरुक हुन आवश्यक रहेको बताएका छन् । मानव भएर पृथ्वीमा जन्म लिएपछि केही न केही योगदान पुर्‍याएर जानुपर्ने बताए । उनले विदेश जाने युवाहरूलाई स्वदेशमै पसिना बगाउन सक्नुपर्ने बताउँदै विदेश जाने युवाहरूलाई स्वदेशमै श्रम गर्न सुझाव दिएका थिए ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले युवाहरू लागू आैषध दुर्वसनमा फसेका र भालुवाङ क्षेत्रमा अपराधीक गतिविधि बढेकाले सचेतनामुलक कार्यक्रम गर्न जरूरी रहेको र समाज सुधारको कार्यक्रम गर्न सुझाव दिएका छन् ।

क्लवका अध्यक्ष भिमबहादुर मरासिनीको अध्यक्षतामा भएको कार्यक्रम क्लवका सदस्य दिपक पुनले स्वागत गरेका थिए । भने कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे