LISTEN LIVE RADIO

पब्लिक एजुकेशन एकेडेमीले १५ औँ वार्षिकोत्सवलाई मणिभ उत्सवको रूपमा मनायो



भालुवाङ १२ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका २ बराखुट्टीमा रहेको पब्लिक एजुकेशन एकेडेमीले १५ औँ वार्षिकोत्सव कार्यक्रमलाई मणिभ उत्सवको रूपमा सप्ताहव्यापी कार्यक्रम गरि मनाएको छ ।

विद्यालयले मणिभ उत्सव कार्यक्रम अन्तरगत पहिलो दिन प्रभात फेरि र निलसागर सेवा आश्रममा खाद्यान्न सहयोग, दोस्रो दिन रक्तदान कार्यक्रम र खेलकुद, तेस्रो दिन मावि स्तरीय हाजिरीजवाफ प्रतियोगिता, चाैथो दिन लोक नृत्य प्रतियोगिता र बुधबार अन्तिम दिन सरस्वती पुजा सँगै पुरस्कार वितरण, अक्षरारम्भ कार्यक्रम गरेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमानन्द पाण्डेको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका निर्वतमान स्वास्थ्य मन्त्री तथा प्रदेश सभा सदस्य इन्द्रजित थारूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न प्रतियोगिताका बिजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण तथा विभिन्न व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियोे ।

कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुति र शुभकामना मन्तव्य समेत राखिएको थियो ।विद्यालय सञ्चालक समितिका अध्यक्ष जिवराज शर्माको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन विद्यालयका प्रिन्सिपल विक्रान्त ज्ञवालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे