LISTEN LIVE RADIO

लमही महोत्सवको ६० प्रतिशत तयारी पूरा, महोत्सवको उद्घाटन सञ्चारमन्त्री रेखा शर्माले गर्ने



भालुवाङ ९ माघ । दाङ देउखुरीको लमहीमा सञ्चालन हुन लागेको छैंठौ देउखुरी कृषि पर्यटन तथा व्यापारिक महोत्सवको तयारी तिब्र पारिएको छ ।

‘कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार’ भन्ने मुल नाराका साथ यही माघ १२ गते देखि २५ गते सम्म अजम्बरी सामुदायिक वनको पिकनिक स्थल (जैविक बिविधता पार्क पछाडी) सुरु हुँदै छ ।

देउखुरी उद्योग वाणिज्य संघ लमहीको आयोजनामा हुन लागेको महोत्सवको ६० प्रतिशत तयारी पूरा भएको संघका अध्यक्ष खगेश्वर खनालले जानकारी दिएका छन् । महोत्सव सञ्चानलन हुने मिति नजिकिए संगै तयारी समेत तीब्र पारिएको हो ।

हाल महोत्सव स्थलमा स्टल बनाउने काम धमाधम भइरहेको छ भने पत्रचार गर्ने र प्रचारप्रसारको काम समेत तिव्र पारिएको छ । भने अर्जुन खोला, लमही बजार र काैडियामा स्वागत गेट बनाउन बाँकी रहेको आयोजकले जानकारी दिएको छ ।

स्थानीय उत्पादनको बजारीकरण, कृषिको प्रवर्द्धन, खस्कदो व्यापारको पुनरुत्थान र साँस्कृतिक तथा पर्यटन विकासमा टेवा पुर्‍याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको संघका अध्यक्ष खनालले जानकारी दिएका छन् ।

महोत्सवमा करिब २ सय ५० को हाराहारीमा स्टलहरु रहने छन् । जस अन्तर्गत १५—२० वटा कृषि प्रदर्शनी र कृषि उत्पादनसंग सम्बन्धित वस्तुहरुको बिक्री वितरण स्टल, २५—३० वटा स्थानीय व्यापारिक स्टल र बाँकी सबै अन्य व्यवसायसंग सम्बन्धित स्टल रहने अध्यक्ष खनालले बताएका छन् । करिव ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने र १ करोड बराबरको कारोबार गर्ने लक्ष्य आयोजकले राखेको छ ।

महोत्सव उद्घाटनका दिन उत्कृष्ट झाँकी प्रदर्शन गर्ने समुहलाई पुरस्कृत समेत गरिने भएको छ । जस अनुसार प्रथम हुनेलाई नगद १५ हजार, दोस्रो हुनेलाई नगद १० हजार, तेस्रो हुनेलाई नगद ७ हजार ५ सय र सान्त्वना हुनेलाई नगद २ हजार ५ सय पुरस्कारको व्यवस्था गरिएको साँस्कृतिक संयोजक केशवराज पोख्रेलले जानकारी दिएका छन् ।

महोत्सव अवधिभर विभिन्न जातजाती तथा भाषाभाषीको संस्कृती झल्किने साँस्कृतिक कार्यक्रमहरु, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने बताइएको छ ।महोत्सवमा राष्ट्रियस्तरका चर्चित कलाकार प्रकाश सपुत, बद्रि पंगेनी, प्रमोद खरेल, रामजी खाँड, पशुपति शर्मा, मेलिन राई, प्रिति आले, रमेशराज भट्टराई लगायतका करिब ५० बढी राष्ट्रीय तथा स्थानीय कलाकार आउने साँस्कृतिक संयोजक पोख्रेलले जानकारी दिएका छन् ।

महोत्सव अवधीभर अपाङगता भएका र जेष्ठ नागरिकहरुलाई परिचय पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । त्यस्तै सर्वसाधारणका लागि रु. १ सय तथा विद्यार्थीको हकमा रु ८० रुपैयाँ टिकटदर कायम गरिएको छ ।

यसै बीच महोत्सवको संघिय सरकारका सुचना प्रविधि मन्त्री रेखा शर्मालेले उद्घाटन गर्ने बताइएको छ । दिउँसो १ बजे महोत्सवको उद्घाटन गरिने आयोजकले जानकारी दिएको छ । त्यस भन्दा अगाडि विभिन्न जातजातिको झाँकी सहित लमही बजार परिक्रमा गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे