LISTEN LIVE RADIO

गढवामा पालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगिता सुरू



गढवा २७ पुस । दाङको गढवा गाउँपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगिता बुधबार देखि गढवामा सुरु भएको छ ।

गढवा गाउँपालिका वडा नम्बर– ३ का वडाध्यक्ष तुलसीराम अधिकारीको अध्यक्षता एवम् गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यता तथा गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीको बिशिष्ट आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो । प्रतियोगिता ३ दिन सम्म चल्ने छ ।

गढवा गाउँपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरु प्रतियोगितमा सहभागी भएका छन् । प्रतियाेगिताकाे उद्घाटन गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गमलामा पानी हालेर र ब्यानर पढेर गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पोख्रेलले उद्घाटनको दिन गढवा गाउँपालिकाको खेलकुदको लागि निकै महत्वपूर्ण दिन भएको बताए । खेलबाट खेल क्षेत्रको एउटा उद्गम थलोको रुपमा विद्यालय लाईनै लिने गरेको बताए । विद्यालयबाटै भविष्यका खेलाडीहरु उत्पादन हुने गरेको बताउँदै यो ३ दिने खेललाई एकदमै महत्वका साथ बुझेको बताए । खेल क्षेत्र मनोरञ्जनको क्षेत्र मात्र नभएर मान्छेको सिर्जनशिल क्षमता लाई पनि विकास गर्ने, मान्छेलाई अनुशासनमा राख्ने लगायतको अन्य थुप्रै फाइदा हुने बताए । पछिल्लो समयमा विद्यार्थीहरुको सिर्जनात्मक अभ्यासहरुमा कमी आएको बताउँदै सामाजिक सञ्जालको ब्यापक प्रयोगले एकातिर शिक्षा र सिकाइमा सहयोग पुर्‍याएको छ भने अर्को तर्फ सामाजिक सञ्जालहरुको दुरुपयोग भैरहेको र विद्यार्थीहरुलाई एक प्रकारको नशानै बसेकोले सिर्जनशिल सोचको विकासको लागि विद्यालयको सानो तह बाट नै खेलकुदको विषयलाई प्रथामिक्तामा राखेर जोड दिन जरुरी रहेको बताए ।

खेलकुदलाई अन्य विषय जस्तै गरेर आकर्षित गराउँन आवश्यक रहेको बताउँदै तल्लो कक्षा बाटै खेलमा विशेष जोड दिए राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेलाडी उत्पादन गर्न सकिने बताए । उद्घाटन कार्यक्रममा बोल्दै बिशिष्ट आतिथि तथा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले राष्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने नारा अनुसार नै खेलकुदलाई बढुवा दिदै लैजानु पर्ने बताए । खेलकुद स्वास्थ्यको लागि मात्र नभई राष्ट्रको लागि पनि उत्तिकै महत्वपूर्ण रहेको बताए ।

त्यसैगरी कार्यक्रम बोल्दै गढवा गाउँपालिका शिक्षा विकास समितिका संयोजक तथा एक नम्बर वडाका वडाध्यक्ष बाबुराम अधिकारीले खेलमा ठुलो सम्भावना भएको बताउदै खेल जगत लाई उकास्ने पहिलो थलो विध्यालय र शिक्षकनै भएको बताए । त्यसैगरी उद्घाटन कार्यक्रममा बोल्दै समाजसेवी तथा बुद्धिजीवी बिरेन्द्र चौधरीले विद्यार्थी देशको कर्णधार भएको भन्दै विध्यालयलाई राम्रो बनाउने तर्फ लाग्न आवश्यक रहेको बताए ।

विद्यार्थीको मनोभाव बुझेर खेल प्रति चासो राख्नेलाई खेल क्षेत्रमै लाग्न प्रेरित गर्ने खालको वातावरण सिर्जना गर्न आवश्यक रहेको बताए ।साथै बिबाद रहित निश्पक्ष रुपमा खेलको मुल्यांकन गर्न र शान्त ढंगले प्रतियोगिताको समापन गर्न आयोजकलाई अनुरोध गरे ।
त्यसैगरी जिल्लाकै उत्कृष्ट खेलाडी गोबिन्द वलीले खेललाई रमाईलोको लागि मात्र नभई आर्थिक क्रान्ति पनि गर्न सकिने बताए । अन्य देशका खेलाडीहरूको उदाहरण दिदै वलीले खेलबाट मनग्गे पैसा देशमा आयात गर्न सकिने भएकोले शिक्षा स्वास्थ्य जस्तै खेललाई पनि बिशेष ध्यान दिन आग्रह गरे ।

त्यसैगरी जनता माध्यमिक विद्यालय गढवाका प्रधानाध्यापक रामसुरत यादवले खेलको महत्व बुझ्न सके खेलबाट चौतर्फी विकास हुने बताए । खेल लाई वेवास्ता गरेको कारण राम्रो खेलाडी उत्पादन हुन नसकेको बताए । प्रतियोगिता सरस्वती माध्यमिक विद्यालय गोबरडियाको खेल मैदानमा तीन दिनसम्म चल्ने प्रतियोगितामा एथलेटिक्स, भलिबल र कबड्डी खेलहरू हुनेछन् । एथलेटिक्स तर्फका सबै खेलकाे निर्णायक समितिकाे नेतृत्व प्रमुख प्रशिक्षक पद्यमा चौधरीले गर्ने भएका छन् । विजेता विद्यालय र विद्यार्थीलाई शिल्ड तथा प्रमाणपत्र पाउने छन् ।

सरस्वती मावि गोबरडियाका प्रधानाध्यापक सुर्य प्रकाश बर्माको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको सञ्चालन तेजप्रसाद शर्मा र सिता यादवले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे