LISTEN LIVE RADIO

लुम्बिनीको राजधानी तत्काल दाङ नसार्न एमालेका ४ प्रदेश सांसदको माग



लुम्बिनीको राजधानी तत्काल दाङ नसार्न एमालेका ४ प्रदेश सांसदको माग

बुटवल १८ मंसिर । नेकपा एमालेबाट निर्वाचित रुपन्देहीका ४ जना प्रदेश सांसदहरुले अस्थायी संरचनामा प्रदेशको राजधानी नसार्न माग गरेका छन् ।

प्रदेश सांसदहरु लिला गिरी, भूमिशवर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुलसीप्रसाद चौधरीले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै अब केही दिनमा बन्ने प्रदेश सभा र प्रदेश सरकारको जिम्मेवारीमाथि काम चलाउ सरकारलाई हस्तक्षेप नगर्न आग्रह गरेका छन् ।

प्रदेश सभाले व्यवस्थित गुरुयोजना र डीपीआर तयार गरी पूर्वाधार बनाएर राजधानी स्थापित गर्ने निर्णय गरेको भन्दै उनीहरुले त्यस विपरित कुनै संरचना नबनाई फेरि अस्थायी संरचनामा राजधानी नसार्न आग्रह गरेका छन् ।

हेर्नुहोस् विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे