LISTEN LIVE RADIO

दाङमा २५ राजनीतिक दलले १ सय मत कटाउन सकेनन्



दाङमा २५ राजनीतिक दलले १ सय मत कटाउन सकेनन्

दाङ १८ मंसिर । दाङमा २५ राजनीतिक दलले १ मत कटाउन सकेका छैनन् । दाङमा निर्वाचनमा भाग लिएका २५ दलले सय भन्दा कम मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।

मंसिर चार गते भएको निर्वाचनमा आमूल परिवर्तन मसिहा पार्टी नेपालले ९५, जनता समाजवादी पार्टी, नेपालले ८८, नेपालका लागि नेपाली पार्टीले ६६, राष्ट्रिय मुक्ति आन्दोलन, नेपालले ५५, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ५०, जनजागरण पार्टी नेपालले ४४, सामाजिक एकता पार्टीले ४३, नेश्नलिष्ट पिपल्स पार्टीले ४३ मतमात्रै प्राप्त गरेको निर्वाचन आयोगको तत्थ्याङ्कमा उल्लेख गरीएको छ ।

यस्तै मौलिक जरोकिलो पार्टीले ४२, नेपाल लोकतान्त्रिक पार्टीले ४१, राष्ट्रिय नागरिक पार्टीले ४०, एकीकृत शक्ति नेपालले ३५, बहुजन एकता पार्टी नेपालले ३३, तराई मधेश लोकतान्त्रिक पार्टीले ३३, विवेकशील साझा पार्टीले २९, नेपाल संघीय समाजवादी पार्टीले २७, मितेरी पार्टी नेपालले २३ मत प्राप्त गरेको छ ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले २२, नेपाल कम्युनिष्ट पार्टी परिवर्तनले २०, जनता प्रगतिशिल पार्टी, नेपालले १६, पिछडावर्ग निषाद दलित जनजाति पार्टीले १३, नेपाल जनता पार्टीले ११, बहुजन शक्ति पार्टीले ९, नेपाल समावेशी पाटीले ९ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ८ मत प्राप्त गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे