LISTEN LIVE RADIO

विश्व कप फुटबलमा फ्रान्सलाई हराए पनि ट्युनिसिया नकआउट चरणमा पुग्न सकेन



विश्व कप फुटबलमा फ्रान्सलाई हराए पनि ट्युनिसिया नकआउट चरणमा पुग्न सकेन

काठमाण्डाै १५ मंसिर । विश्व कप फुटबलमा साविक विजेता फ्रान्स पराजित भएको छ । समूह चरणमा फ्रान्सलाई हराए पनि ट्युनिसिया नकआउट चरणमा पुग्न भने सकेन । समूह ‘डी’ को अन्तिम खेलमा ट्युनिसियाले फ्रान्सलाई १–० गोलले हराएको हो ।

फ्रान्स यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ । समूहको अर्को खेलमा अस्ट्रेलियाले डेनमार्कलाई हराएर अन्तिम १६ मा पुगेको छ ।  अर्को खेलमा पोल्यान्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ ।

आज बिहान भएको खेलमा पोल्यान्डलाई २–० गोलले हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुग्यो । अर्जेन्टिनाका लागि एलेक्सिस म्याक आलिस्टरले खेलको ४६औँ र जुलियन अल्भारेजले ६७औँ मिनेटमा गोल गरे ।

जितसँगै अर्जेन्टिनाले ३ खेलमा ६ अङ्क जोड्न सफल भयो । अर्जेन्टिनासँग हारेको पोल्यान्ड समूहको दोस्रो स्थानमा रहेर अन्तिम १६ मा पुगेको छ ।

समूहको अन्तिम खेलमा साउदी अरेबियालाई २–१ गोलले हराए पनि मेक्सिको तेस्रो भयो। समूह ‘सी’ मा मेक्सिको र पोल्यान्डको समान ४/४ अङ्क भए पनि गोलअन्तरमा पोल्यान्ड अगाडि रह्यो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे