LISTEN LIVE RADIO

दाङको देउखुरी क्षेत्रमा बोइलर कुखुराको मुल्य आकाशियाे, फ्रेस मासु प्रती केजी ३८० पुग्याे



दाङको देउखुरी क्षेत्रमा बोइलर कुखुराको मुल्य आकाशियाे, फ्रेस मासु प्रती केजी ३८० पुग्याे

सिसहनियाँ २९ असाेज । दाङको देउखुरी क्षेत्रमा बोइलर कुखुराको मुल्य आकाशिएकाे छ । चार्ड पर्वकाे मुखमा मासुकाे मुल्य आकाशिए पछि उपभाेक्ताहरू मारमा परेका छन् ।  देउखुरी कुखुरा पालक समुहका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा शनिवार सिसहनियाँमा बसेको बैठकले कुखुराको मुल्य बढाएको छ । अव तयारी ब्रोइलर प्रती केजी २७० रूपैयाँ र फ्रेस मासु प्रती केजी ३८० रूपैयाँ कायम गरेको छ ।

यस अघि जिउदो कुखुराको ब्रोइलर प्रती केजी २५० रूपैयाँ र फ्रेस मासु प्रती केजी ३५० रूपैयाँ कायम गरेको थियो । देउखुरीमा कुखुरा कम र माग बढी भएकोले मुल्य बढाउनु परेको समुहका प्रवक्ता तथा कोषाध्यक्ष प्रकाश पोख्रेलले जानकारी दिएका छन् । साथै प्रवक्ता पोख्रेलले समितिबाट लागू गरिएको मुल्यमा तयारी जिउँदो ब्रोइलर कुखुरा र फ्रेस मासुको कारोबार गर्न सम्पुर्ण किसान, मासु ब्यबसायी,लगाएत आमउपभोक्ताहरुमा अनुरोध गरेका छन् ।

बैठकमा समुहका उपाध्यक्ष खिमा भण्डारी, सचिव पहलमान चौधरी ( अनुप ), कोषाध्यक्ष तथा प्रवक्ता प्रकाश पोख्रेल, सहसचिव जिबराज भट्टराई, सदस्य वसन्त थापा, मधु खड्का, तिलबहादुर डाँगी, बिश्वराज श्रेष्ठ, सुर्यनारायण चौधरी, टेकबहादुर पुन, दुर्गा सार्की र अरुणा केसीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे