LISTEN LIVE RADIO

प्रेस चाैतारी नेपाल दाङ शाखाले तीन वटै निर्वाचन क्षेत्रमा सञ्चार डेस्क स्थापना गर्ने



प्रेस चाैतारी नेपाल दाङ शाखाले तीन वटै निर्वाचन क्षेत्रमा सञ्चार डेस्क स्थापना गर्ने

दाङ २९ असाेज । प्रेस चाैतारी नेपाल दाङ शाखाले तीन वटै निर्वाचन क्षेत्रमा सञ्चार डेस्क स्थापना गर्ने भएको छ ।

२ नम्बर निर्वाचन क्षेत्रमा स्थापना भइसकेकाे छ भने १ नम्बर ३ नम्बर क्षेत्रमा स्थापनाकाे तयारी अन्तिम चरणमा पुगेकाे जिल्ला सचिव किरण गाैतमले जानकारी दिनु भएको छ । शनिबार क्षेत्र नम्बर १ स्तरिय बैठक लमहीमा सम्पन्न भएको छ । चाैतारी दाङका अध्यक्ष तथा नेकपा एमाले केन्द्रीय लेखा आयाेग सदस्य रेवतीरमण शर्माकाे प्रमुख आतिथ्यतामा सम्पन्न बैठकलाई सम्बाेधन गर्दै चुनावी प्रचारलाई व्यापक बजाउन निर्देशन दिएका छन् ।

बैठकमा प्रदेश सभा सदस्य उम्मेदवार गंगाराम भट्टराई, कुलबहादुर केसीले सम्बाेधन गरेका थिए । कार्यक्रममा चाैतारीका केन्द्रीय सदस्य सन्तोष दहित, सन्ताेषकुमार गुप्ता, प्रदेश उपाध्यक्ष दशरथ घिमिरे, प्रदेश सदस्यहरू ओमप्रकाश गुप्ता, छवि पुरी, सल्लाहकार जेएन सागर लगायतकाे उपस्थिति रहेकाे थियाे । बैठककाे सहजीकरण सचिव किरण गाैतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे