LISTEN LIVE RADIO

सरकारलाई सुझाब सहितकाे मेराे शुभकामना !



सरकारलाई सुझाब सहितकाे मेराे शुभकामना !

हाेमप्रसाद शर्मा

नेपालीहरुकाे सामाजिक, सांस्कृतिक चार्ड पर्वका रुपमा स्थापित बिजयादशमी, तिहार, छठ पर्व, नेपाल संवत (११४१) एवं ल्हाेसार २०७७ काे शुभ अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा-बुवा, दाजु-भाई, दिदी-बहिनी, लगायत सम्पूर्ण महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।

यति बेला विश्व महामारीकाे रुपमा फैलिएर सिंगाे मानव जगतलाई प्रभावित पारिरहेकाे काेराेना भाईरस काेभिड -१९ का कारण आज ठुलाे संख्यामा मानिसहरुकाे ज्यान गईरहेकाे छ भने ठुलाे संख्यामा काेराेना भाइरसकाे संक्रमण संग लडिरहेकाे अवस्था छ । यस्ताे महामारीलाई सामान्य मानेर खेलवाड नगरी सामाजिक परिस्थिती अनुसार सुरक्षा प्राेटाेकल पालना गर्दै सावधानी र सुरक्षित रही माक्स र भाैतिकदुरी लगायतका सावधानीहरुमा एथेष्ट ध्यानदिंदै चार्ड पर्व मनाउन हार्दिक अपिल गर्दछाैं ।

नेपाली जनताका सदियाैं देखिका तमाम आधारभूत समस्याहरु हल गरी जनताकाे जिवनस्तर उठाउँदै सुखी नेपाली र समृद्ध नेपालकाे खाका काेर्नु पर्नेमा आज राजनितिलाई फाेहारी खेलकाे रुपमा परिणत भएकाे छ । वर्तमान सरकारकाे रबैया हेर्दा ईतिहासमा नघटेका अत्यान्तै कारुणीक कहाली लाग्दाे घटना घटाएर काण्डैकाण्ड, दण्डहिनताकाे उच्चतम अभ्यास, भ्रष्टाचारकाे दलदल, माफियाकरणकाे कब्जामा राज्यब्यवस्था राख्दै महान जनआन्दाेलन र सहिदहरुकाे रगतकाे अपमान गर्दै सिमित घेरामा रहेका छन् । त्यति मात्र हाेइन वर्तमान सरकार आफ्ना आसेपासेहरुलाई राज्यका साधन र श्राेतहरुकाे दाेहन र बितरण गरी अत्यान्तै जनबिराेधी एवं अलाेकतान्त्रिक कृयाकलाप गरिरहेकाे सरकारले महामारीमा समेत जनताकाे स्वास्थ्य उपचारमा गरिने PCR परिक्षणमा शुल्क लिएर जनताकाे उत्तरदायित्वबाट पन्छिएकाे छ ।

काेराेनाकाे बढ्दाे प्रकाेप का कारण स्वदेश फर्किएका नेपाली यूवा तथा मजदुरहरुकाे ठुलाे श्रमशक्ति लामाे समय राेजगारीकाे पर्खाईमा बसिरहँदा राज्यले कुनै ब्यवस्था नगर्दा पुन: बिदेश तिरै फर्किएकाे दर्दनाक अवस्थाका साथै बेराेजगारी मजदुरहरुकाे राजधानीकाे मुटु खुलामञ्चमा भाेकाेपेटले खानाकाे पर्खाईमा लाईनमा बसेर गाँसकाे आसमा बसिरहेकाहरुकाे चित्कारले विश्वभरमा नेपालकाे छवि बिगार्नुका साथै नेपाली राजनितिकाे खिल्ली उडेकाे छ ।

एकछाक भातकाे ब्यवस्था का लागि समेत बजेट छुट्टयाउन नसक्ने बरु काेराेना ब्यवस्थापन भन्दै १० अाैं अरब खर्च सार्बजनिक गर्दै आफ्ना भारदारहरुलाई बाँड बखेडामा रमाउँदै राजदुत र मन्त्री नियूक्तिकाे तँछाड मछाडमा लिप्त सरकारी कृयाकलापका कारण आज नेपाली जनताले सरकारकाे आसा गर्नु ब्यर्थ नै सावित भएकाेछ । अवस्था हेर्दा सबै जनता ले आ- आफ्नाे रक्षा आफै गर्नपर्ने दुखद चित्रण हाम्रा अगाडी देखिएकाे छ ।

धनी नेता भएकाे गरिब देशमा दुखमा बाँच्ने गरिबहरुका लागि महान जनआन्दाेलनमा जीवन बलिदान गरेर प्राप्त भएकाे याे गणतन्त्रका मालिक उनै बर्ग हुँदा आजकाे जनताकाे अवस्था र आवश्यकता पहिचान गरी परिणाम देखिने कुनै काम हुन सकेकाे छैन । संकल्प गराैं जुन बर्गकाे लागि राज्य ब्यवस्था परिवर्तन भयाे आज त्याे बर्ग सडकमा छ, बाटाेमा छ जहाँ थियाे त्यहीं छ यसरी कतिदिन यस्ताे प्रकारकाे सत्ता चल्ला ? फेरि आँधीबेहरी आउने संघर्ष गर्नैपर्ने एकदिनकाे तयारी गराैं ।

२०७७ सालकाे बिजया दशमी, शुभ दीपावली, छठ, नेपाल संवत् (११४१), ल्हाेसार लगायत पर्वहरुकाे अवसरमा तपाईं र तपाईकाे परिवारजनमा सु-स्वास्थ्य, दिर्घायु र प्रगतिका साथै सामाजिक एकता एवं सदभावका लागि शुभकामना ब्यक्त गर्दछाैं ।भिडभाड नगराैं, भाैतिक सामाजिक दुरी कायमगराैं, स्वास्थ्य मापदण्डकाे पालना गराैं, काेभिड-१९ लाई पराश्त गराैं, जिताैं भाेकबाट सबैलाई बचाउँ ।

लेखक – जनता समाजवादी पार्टी नेपाल जिल्ला कमिटी दाङका अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे