कपिलवस्तुमा भरुवा बन्दुकसहित पाँच जना पक्राउ



कपिलवस्तुमा भरुवा बन्दुकसहित पाँच जना पक्राउ

कपिलवस्तु​ ३ साउन । कपिल्वस्तुमा भरुवा बन्दुकसहित पाँच जना पक्राउ परेका छन् । वाणगंगा नगरपालिका वडा नम्बर ८ बाट ४ जना र कपिलवस्तु नगरपालिका वडा नम्बर ११ जहदीबाट एक जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

पक्राउ पर्नेहरुमा वाणगंगा नगरपालिका वडा नम्बर ८ का गुनबहादुर राना, गोपाल थापामगर, मिनबहादुर सेन र टिकाबहादुर थापा रहेका छन् । प्रहरीले उनीहरुबाट चार थान भरुवा बन्दुक बरामद गरेको छ ।

यस्तै कपिलवस्तु नगरपालिका वडा नम्बर ११ का मन्नु भन्ने मतेश्वर यादवलाई एक थान पेस्तोल र चार राउण्ड गोलीसहित पक्राउ परेका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे