दाङमा जारी निषेधाज्ञा कायमै, अर्को सूचना जारी नभए सम्मलाई निरन्तरता दिने



दाङमा जारी निषेधाज्ञा कायमै, अर्को सूचना जारी नभए सम्मलाई निरन्तरता दिने

घोराही ३१ असार । जिल्ला प्रशासन कार्यालय दाङले आज एक सूचना जारी गर्दै विभिन्न क्षेत्रमा कायम राखिएको निषेधाज्ञाको समय आज सकिए पनि अर्को सूचना जारी नभए सम्म यही अबस्थालाई निरन्तरता दिने उल्लेख छ ।

जस अनुसार बजार तथा पसलहरु बिहान ६ देखी बेलुका ६ बजे सम्म खोल्न पाईने, होटल रेष्टुरेन्टले प्याकिङ खाजा खाना घरमै पु¥याउने, सार्वजनिक सवारीका साधनले सिट क्षमता अनुसार बिहान ६ देखी बेलुका ६ बजे सम्म चल्न पाउने निर्णयलाई यथावत राखिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै जोखिम कायमै रहेको भन्दै प्रशासनले भेला, सभा, सम्मेलन र बढी जमघट हुने क्षेत्रहरुलाई निषेश गरिएको बताएको छ ।तर प्रशासनले निषेधाज्ञा कायमै रहेको भने पनि विद्यालय बाहेक अन्य क्षेत्र सबै खुला रहेका छन् । निषेध गरिएको सभा, सम्मेलन, गोष्ठी, सैलुन, जिमखाना, होटल, रेष्टुरेन्ट सबै खुल्ला रहेका छन् । हरेक क्षेत्रमा मानिसको भिडभाड अत्यधिक नै छ भने नियमन गर्ने निकायहरु पनि सुस्ताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे