तुलसीपुर प्रहरीद्धारा ट्रक चालकलाई कुटपिट गर्ने ८ जना पक्राउ



तुलसीपुर प्रहरीद्धारा ट्रक चालकलाई कुटपिट गर्ने ८ जना पक्राउ

तुलसीपुर ३१ असार । तुलसीपुर प्रहरीले ट्रक चालकलाई कुटपिट गर्ने ८ जनालाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको छ । सोनापुर सिमेन्टका दुईवटा ट्रक चालकलाई कुटपिट्न गर्ने ८ जनालाई नियन्त्रणमा लिइ मुद्दा चलाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले जानकारी दिए ।

असार २८ गते सोनापुर सिमेन्टको रा १ ख १०१९ नम्बरको ट्रककलाई जस्पुरमा रोकी मोटरसाईकल तेस्राएर चालकलाई कुटपिट गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका ८ निवासी भुवन बस्नेत, सल्यानको सारदा नगरपालिका १४ निवासी राजु नेपाली, बबई गाउँपालिका ७ निवासी डिल्ली डाँगी, दंगीशरण गाउँपालिका ७ निवासी राजु वली र चौजहारी नगरपालिका १४ निवासी जीवन वलीलाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गरेको डिएसपी अर्यालले बताए ।

त्यस्तै भारतबाट कच्चा पदार्थ लिएर सोनापुर सिमेन्टमा जाँदै गरेको यूपि २५ एटी ७०११ नम्बरको भारतीय ट्रक चालकलाई कुटपिट गरेर अगाडीको सिसा फोडिदिएको आरोपमा बेलझुण्डीबाट ३ जनलाई गएराति पक्राउ गरेको उनले बताए । घोराही उपमहानगरपालिका ११ निवासी विशाल डाँगी, बालाराम राना र पदम वली रहेका छन् । उनीहरु ८ जनालाई नियन्त्रणमा लिइ सार्वजनिक नैतिकताका विरुद्धको कसुरमा मुद्दा चलाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे