LISTEN LIVE RADIO

अध्यक्ष कप फुटबल प्रतियोगिता सम्पन्न, पुरूष तर्फ २ र महिला तर्फ १ नम्बर वडा विजय



भालुवाङ २८ फागुन । दाङको राप्ती गाउँपालिकाको आयोजनामा बिहीबार देखि सञ्चालित अध्यक्ष कप फुटबल प्रतियोगिता एक भव्य समारोहका बिच वडा नम्बर ३ काे सिरीचाैर खेलमैदानमा शनिबार सम्पन्न भएको छ।

फागुन २५ गते देखि प्रारम्भ भएको फुटबल प्रतियोगिताको पुरुष तर्कको फाइनल खेलमा वडा नम्बर २ ले वडा नम्बर १ काे फुटबल टिमलाई १ को विरुद्ध २ गोलले पराजय गरि विजेता भएको छ। भने महिला तर्फकाे फाइनल खेलमा वडा नम्बर १ ले वडा नम्बर २ काे फुटबल टिमलाई शून्यको विरुद्ध २ गोल गर्दै विजेता बनेको छ। खेलमा विजेता र उपविजेता बनेका खेलाडीहरुलाई क्रमश ४० र ३० हजार नगद सहित कप मेडल र प्रमाणपत्र प्रदान गरिएको खेल सञ्चालन समितिका सदस्य सचिव विश्वास विकले जानकारी दिएका छन् ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा आयोजित फुटबल खेलको समापन समारोहमा लुम्बिनी प्रदेश सरकारका भाैतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारुले खेलको माध्यमबाट पनि खेलाडीले आफ्नो गाउँ, समाज र राष्ट्रलाई चिनाउन सक्ने विचार व्यक्त गर्दै अनुशासित खेलाडीले नै राम्रो नतिजा प्राप्त गर्न सक्ने धारणा राखे । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना गरिएको साे अध्यक्ष कप फुटबल प्रतियोगितामा पालिका अन्तर्गतका १८ टिमकाे सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे