LISTEN LIVE RADIO

नेपाली कांग्रेस राप्ती गाउँपालिकाको प्रथम सम्मेलन



भालुवाङ २३ माघ । नेपाली कांग्रेस राप्ती गाउँपालिकाको प्रथम सम्मेलन सोमबार मसुरीयामा सम्पन्न भएको छ । कांग्रेसको १४ औं महाधिबेशन पश्चातको पहिलो सम्मेलन सभापति विद्याशरण चौधरीको अध्यक्षता तथा केन्द्रिय सदस्य योगेन्द्र चौधरीको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।

सम्मेलनमा वार्षिक प्रगति प्रतिबेदन, आर्थिक प्रतिबेदन र पदाधिकारी तथा सदस्यहरुको पदपुर्ति गर्ने योजना पारित गर्दै सम्मेलनमा नेपाली कांग्रेस राप्ती गाउँपालिकाको आगामी रणनीतिका बारेमा छलफल गरिएको छ ।

सम्मेलनलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरू योगेन्द्र चौधरी, कृष्ण किशोर घिमिरे, लुम्बिनी प्रदेश सभा सदस्य अनुराग खड्का, जिल्ला सभापति शंकरप्रसाद डाँगी, प्रदेश कार्यसमिति सदस्य देवनारायण चौधरी, जिल्ला सचिव अर्जुन योगी, महाधिबेशन प्रतिनिधि चन्द्रबहादुर जिसी, विलोचन चौधरी, पुर्व महासमिति सदस्य नुमानन्द सुवेदी, प्रदेश सभा क सभापति श्रीपद चौधरी, प्रदेश सभा ख सभापति मोहन गिरी, प्रदेश उपसभापति जगदम्वा कुमारी चौधरी, वडा सभापति पदम पुन, उप सभापति स्यामा रावत, नेपाल मुस्लीम संघ जिल्ला सचिव जमीर शाह लगायतकाले सम्बोधन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे