LISTEN LIVE RADIO

इन्द्रेणी युवा क्लवको अध्यक्षमा पुन : मरासिनी निर्विरोध निर्वाचित



भालुवाङ १३ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको इन्द्रेणी युवा क्लवको अध्यक्षमा पुन भिमबहादुर मरासिनी निर्विरोध निर्वाचित भएका छन् ।

क्लवको शुक्रबार भालुवाङमा भएको साधारणसभाले अध्यक्षमा पुन मरासिनीलाई निर्विरोध निर्वाचित गरेको हो । मरासिनीकै अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ ।

जसको उपाध्यक्षमा डुलप्रसाद श्रेष्ठ उपाध्यक्ष, सचिवमा बिधान चन्द्र अधिकारी, सहसचिवमा नारायण रोका, कोषाध्यक्षमा मोहन कुमार श्रेष्ठ रहेका छन् । त्यसै गरि सदस्यहरूमा चेत नाथ बस्नेत, ज्ञान प्रसाद गौतम, कृष्ण श्रेष्ठ, रोशन अधिकारी, झबा सुवेदी र शुशिला परियार रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे