LISTEN LIVE RADIO

गढवाको कुलपानी सामुदायिक वन क्षेत्रभित्र वन गस्ती, वनमै समुहको बैठक



गढवाको कुलपानी सामुदायिक वन क्षेत्रभित्र वन गस्ती, वनमै समुहको बैठक

देउखुरी ८ पुस । देउखुरीको गढवा गाउँपालिका वडा नं १ मा पर्ने कुलपानी सामुदायिक वन समुहको कार्यसमिति तथा स्थानिय द्धारा बन अनुगमन तथा निरीक्षण गरिएको छ । वनको अवस्थाको पहिचान र समुहका उपाभोक्ताको काठमा आधारीत मागलाई पुरागर्ने उदेश्यले बनमा रहेका ढलापला काठहरुको तथ्याङदिनका लागि वन अनुगमन तथा निरीक्षण गरिएको हो ।

वन समुहका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको वन अनुगमन तथा निरीक्षण पश्चात वन क्षेत्रमै बसेको बैठकले वन क्षेत्रको ५ वटा खण्डमा भेटिएका ढलापला साल तथा अन्य जातका काठको नाप जोखगरी प्रतिबेदन वन कार्यालयलाई बुझाउने र नियमानुसार उपभोक्ताको मागका आधारमा वितरण गर्ने निर्णय गरिएको छ ।

त्यस्तै बैठकको समुहको बस्तुगत विवरण प्रोफाईल निर्माण गर्ने, उपभोक्ताको सम्पन्नता स्तरिकरण गर्ने, टोल भेला गर्ने, स्मारीका प्रकाशन गर्ने लगायतको निर्णय गरेको उपाध्यक्ष राकेश शर्माले जानकारी दिए ।

विभिन्न टोलि बनाई गरिएको वन क्षेत्रको वन अनुगमन तथा निरीक्षणका क्रममा वन पैदावारको चोरी नियन्त्रणका लागि उपभोक्तालाई सम्झाउने बुझाउने साथै बन्य जन्तुको संरक्षणका लागि बन्यजन्तु मार्ग पहिचान गरिएको थियो । वन अनुगमन तथा निरीक्षणका क्रममा सव डिभिजन कार्यलय कालाकाटेका राम बहादुर विक लगायतको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे