LISTEN LIVE RADIO

देउखुरीकाे राजपुर गाउँपालिकाद्धारा वडामा पुगेर भत्ता बितरण



देउखुरीकाे राजपुर गाउँपालिकाद्धारा वडामा पुगेर भत्ता बितरण

राजपुर ८ पुस ।  राजपुर गाउँपालिकाले वडा –वडामा पुगेर वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ । चुनावमा आफुहरुले गाउँबासीलाई दिएको आवश्वासन पुरा गर्नका लागि वडामा पुगेर भत्ता बितरण गरेको राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले जानकारी दिएका छन् ।

वडामा मै पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गर्दा समयको पनि बचत हुने, नागरिकलाई सजिलो पनि हुने भएकोले बैंकसंग समन्वय गरेका बुढाथोकीले बताए ।राजपुर गाउँपालिका– ७ वडा का ३ सय ७५ जनालाई सामाजिक सुरक्षा भत्ता बितरण गरिएको छ ।

अबदेखि वडा तहबाटै बितरण हुनेछ । गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकी, उपाध्यक्ष धनपतिदेवी यादव र वडा नम्बर –७ का वडा अध्यक्ष पुस्कर वलीको उपस्थितिमा सामाजिक सुरक्षा भत्ता बितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे