LISTEN LIVE RADIO

स्वर्गीय विके रावतको ६३ औं जन्म दिनको स्मृतिमा नि:शुल्क स्वास्थ्य शिविर



भालुवाङ २६ वैशाख । स्वर्गीय वसन्त कुमार रावत (विके)को ६३ औं जन्म दिनको स्मृतिमा निशुल्क स्वास्थ्य शिविर सोमबार राप्ती गाउँ पालिका-७ भानपुरमा सम्पन्न भएको छ ।

सिसहनियाँ बजारमा विष्णु वि. स्वास्थ्य क्लिनिक एण्ड मुना मेडिसिन सेन्टर सञ्चालन गर्दै आएका स्वर्गीय रावतका पत्नी विष्णु कुमारी रावत, छोरा अमृत रावत र बुहारीले जन्म दिनको स्मृतिमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् ।

शिविरमा एम. वि. वि. एस डाक्टर शिवानन्द साह, एम.एम.एल. टि विशाखा रोका रावत, (बि. एन.) ममता रावत, अहेव जीवा चौधरी, शिला चौधरी, ल्याब असिस्टेन्ट संगिता चौधरी, स्वयंसेविका कुसुम कुमारी चौधरी, स्वयमसेवक ऋषि रोका, निश्चल रोका, भूपिचन्द्र पुन र ज्ञान बहादुर चौधरीले सेवा प्रदान गरेका थिए ।

शिविरमा २०० जना स्वास्थ्य सेवाग्राहीले प्रत्यक्ष रुपमा स्वास्थ्य लाभ लिएका थिए । भने विभिन्न रोगको जाँच जस्तै सुगर, दम, ब्ल्डप्रेसर, ग्यास्टिक, रगत परिक्षण, हाडजोर्नी, आँखा, कान आदि रोगहरुको नि:शुल्क स्वास्थ्य परिक्षण एवं  नि:शुल्क औषधी वितरण गरिएको थियो । शिविर संचालनमा निशुल्क हल उपलब्ध गराएर प्रत्यक्ष रुपमा सहयोग पुर्‍याउनु हुने भानपुरका हेल्थ हर्ट परिवारलाई  शिविर संचालकको तर्फबाट धन्यवाद दिएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय दाङका पूर्व अधिकृत एवं  वरिष्ठ स्वास्थ्य चिकित्सक स्वर्गीय वसन्त कुमार रावतले विगतका वर्षहरुमा राप्ती गाउँपालिकाका विभिन्न ग्रामीण इलाकामा वर्षेनी नि:शुल्क स्वास्थ्य शिविर संचालन एवं निशुल्क औषधी वितरण गर्दै आएका थिए ।उनको व्यक्तिगत लगानीमा सिसहनिया स्वास्थ्य चौकीमा क्षयरोग उपचार भवन निर्माण, शैक्षिक अक्षय कोष स्थापनाका साथै सामाजिक सेवामा विशेष योगदान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे