LISTEN LIVE RADIO

राप्तीमा तिलगंगाकाे आँखा जाँच सेवा सुरु, घरआँगनमै निशुल्क सेवा लिन पाउँदा स्थानीय खुसी



भालुवाङ ११ चैत । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेको तिलगंगा शल्यक्रिया आँखा केन्द्रले वडा वडामा निशुल्क उपचार सेवा दिन सुरु गरेको छ । राप्ती गाँउपालिकाका अध्यक्ष प्रकाश विष्टको विशेष पहल तथा तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौंको सहयोगमा सिसहनियाँ स्वास्थ्य चौकी भित्र रहेको एक भवनबाट बिरामीहरुलाई सेवा दिन सुरु गरेको केन्द्रले अहिले वडा वडामा गएर नागरिकहरुलाई निशुल्क उपचार सेवा दिन सुरु गरेको छ ।

पुर्वी देउखुरीमा आँखा अस्पताल नहुँदा त्यस ठाउँका स्थानीयहरुले सामान्य आँखा जाँच गराउन समेत लमही, तुलसीपुर, भैरहवा जानुपर्ने बाध्यता रहेको थियो । तर घरआँगनमै आँखाको सामान्य जाँच गराउन पाउँदा स्थानीयहरु समेत निकै खुसी भएका छन् । स्थानीय निर्वाचनका समयमा जनतालाई आधारभुत स्वास्थ्य सेवा निशुल्क र गुणस्तरीय बनाउन पहल पर्ने बाँचालाई पुरा गर्न आफु निर्वाचित भएर आएपछि तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौं सँग सम्झौता गरी आँखा उपचार सेवा सुरु गरेको र आर्थिक अभावका कारण आँखा उपचार गराउनबाट कोही पनि नागरिक बन्चित नहुन् साथै बिरामीहरुलाई उपचार सेवामा सहज बनाउन वडागत रुपमा समेत निशुल्क आँखा शिविर समेत सञ्चालन गरेको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताएका छन् ।

आँखा उपचार केन्द्रबाट बिरामीहरुलाई सेवा दिन सुरु गरेको केन्द्रले निकट भविष्यमै लुम्बिनी प्रदेशकै ठुलो आँखा सर्जिकल अस्पताल बनाउने सोचमा आफु रहेको अध्यक्ष विष्टले बताए । गाउँपालिकाको ७ स्थानमा आँखाको जाँच सुरु भएसँगै चैतको १० गते पत्थरगढवा सामुदायिक स्वास्थ इकाईमा, ११ गते मौरीघाट सामुदायिक स्वास्थ्य इकाईमा आँखा जाँच गरि सकिएको छ । यसै गरि चैत १२ गते भालुबाङ अस्पतालमा, १३ गते देविकोट सामुदायिक स्वास्थ इकाईमा, १४ गते करङ्गेकोट हेल्थहटमा, १५ गते लालमटिया महिला भवनमा, १६ गते सिसहनियाँ स्वास्थ चौकीमा र १८ गते गोवरडिहा स्वास्थ्य चौकीमा बिरामीहरुको आँखाको परिक्षण र सामान्य उपचार गरिने गाउँपालिकाले जनाएको छ ।

हाल सुरु भएको निशुल्क आँखा शिविरमा बिरामीहरुको सामान्य आँखा जाँच, औषधी वितरणको काम सुरु गरिएको छ भने आँखाको अप्रेसन गर्नुपर्ने बिरामीहरुको छनौट गरि तिलगंगा शल्यक्रिया आँखा केन्द्र सिसहनियामा चैत २० र २१ गते वरिष्ठ नेत्र रोग विशेषज्ञ टोलीद्वारा निःशुल्क शल्यक्रिया गरिने केन्द्रका इन्चार्ज विमल विसीले जानकारी दिएका छन् । कुनै पनि नागरिक पैसा अभावकै कारण आँखा उपचार गराउन नसकेर अन्धरकार जिवन बिताउन दिनु हुँदैन । त्यसैले तिलगंगा शल्याक्रिया आँखा केन्द्रले सुरु गरेको निशुल्क आँखा शिविरलाई अव स्वास्थ्य क्षेत्रको पहुँचबाट टाढा रहेका तथा गरिव, विपन्न परिवारलाई लक्षित गरि ग्रामीण क्षेत्रमा समेत निशुल्क आँखा जाँच शिविर सञ्चालन गर्न आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे