LISTEN LIVE RADIO

मातृ तथा बालमृत्युदर घटाउन स्वास्थ्यकर्मीहरुकाे मुख्य भूमिका महत्त्वपूर्ण छ : अध्यक्ष विष्ट



भालुवाङ २८ माघ । राप्ती गाउँपालिकाकाे ९ वटै वडामा रहेका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि सञ्चालित आमा तथा नवजात शिशु सुरक्षा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम बिहिवार गाउँपालिकाकाे सभाहल मसुरियामा सम्पन्न भएको छ।

कार्यक्रम गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावतकाे अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतता सम्पन्न भएको हाे।

साे अवसरमा बाेल्दै प्रमुख अतिथि विष्टले गर्भवती महिला र नवजात शिशु स्वास्थ्य सुरक्षाका बारेमा अपनाउनुपर्ने उपायहरुका बारेमा चर्चा गर्दै मातृ तथा बालमृत्युदर घटाउन स्वास्थ्यकर्मीहरुकाे मुख्य भूमिका रहने बताएका छन् ।

त्यस्तै उनले स्वास्थ्य क्षेत्र निकै सम्वेदनशील क्षेत्र भएकालेे स- साना कुराहरुमा समेत निकै हाेसियारी का साथ काम गर्नुपर्ने तर्फ स्वास्थ्यकर्मीहरुलाई सजक गराए । फाेलाेरेन्स नाइटिङ्गेलकाे उदाहरण दिदै उनले भने “सबै स्वास्थ्यकर्मीको व्यवहार र आचरण समेत सुधार हुन जरुरी छ ।”

साे दुई दिन सम्म सञ्चालित अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य कार्यलय दाङकी पब्लिक हेल्थ नर्स सीता कवर र राप्ती गाउँपालिकाकी सिनेर अनमी भारती सन्यासीले गर्भवती महिलाहरु र शिशुहरुकाे स्वास्थ्य कसरी सबल बनाउन सकिन्छ भन्ने विषयमा सहभागीहरुलाई प्रष्ट पारेका थिए । कार्यक्रममा नाै वटै वडाका २३ जना महिला स्वास्थ्यकर्मीहरुकाे सहभागीता रहेको थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे