LISTEN LIVE RADIO

महिला स्वयंसेविकाहरुका लागि सिकलसेल एनिमिया सम्बन्धी एक दिने अभिमुखिकरण



महिला स्वयंसेविकाहरुका लागि सिकलसेल एनिमिया सम्बन्धी एक दिने अभिमुखिकरण

भालुवाङ १६ पुस । महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि सिकलसेल एनिमिया सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम शनिवार राप्ती गाउँपालिकामा सम्पन्न भएको छ ।

क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी) को आयोजना तथा राप्ती गाउँपालिका स्वास्थ्य शाखाको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण रावतको अध्यक्षता एवम् गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सिपी नेपालका निर्देशक दिनेशराज सापकोटाले कार्यक्रमको बारेमा सहभागीहरुलाई प्रष्ट पारेका थिए । कार्यक्रममा सिकलसेल एनिमियाको परिचय, लक्षण, परिक्षण, उपचार लगायतका बिषयमा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका चिकित्सक तथा चिकित्सा निर्देशक डा. रमेश कंडेलले प्रशिक्षण दिएका थिए । राप्ती गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा राप्ती गाउँपालिकामा कार्यरत ५६ जना महिला स्वयंसेबिकाको सहभागिता रहेको थियो । भने कार्यक्रमको सहजीकरण दिपा चौधरीले गरेकी थिइन् ।

यस संस्थाले क्यानडा स्थित युनिभर्सिटि अफ ब्रिटिश कोलम्बियाको सहयोगमा २०१५ देखि देउखुरीको राप्ती, गढवा र राजपुरमा सिकलसेल जाँचको स्वास्थ्य शिबिर, जनचेतना कार्यक्रमका गर्दै आईरहेको छ । साथै सिकलसेलको रगत परिक्षणमा सहयोग पुग्ने उदेश्यले स्वास्थ्य चौकीको सबलीकरणका कार्यक्रमहरु पनि गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे