LISTEN LIVE RADIO

रेडक्रम लालमटिया उपशाखाको सभापतीमा किरण भण्डारी सर्वसम्मत निर्वाचित



रेडक्रम लालमटिया उपशाखाको सभापतीमा किरण भण्डारी सर्वसम्मत निर्वाचित

भालुवाङ १६ पुस । नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटियाको सभापती सहितको नयाँ कार्य समिति सर्वसम्मत रुपले चयन भएको छ ।

शनिवार राप्ती गाउँपालिका ३ मसुरीयामा आयोजित रेडक्रमको छैठौं अधिवेशनले १ महिला सदस्य रिक्त रहने गरी किरण भण्डारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपले चयन भएको हो । जसको उप–सभापतीमा शान्ता शाही, सचिवमा हरिप्रसाद भुसाल, उप–सचिवमा कृष्णबहादुर विष्ट, कोषाध्यक्षमा माधव शर्मा, उप–कोषाध्यक्षमा जिवराज शर्मा रहेका छन् । त्यसै गरि सदस्यहरुमा सन्तोषकुमार गुप्ता, लालबहादुर चौधरी, महेशचन्द्र रिजाल र ठाकुरप्रसाद सुवेदी रहेका छन् ।

यसै बीच नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन समितिले प्रमाण–पत्र प्रदान गर्नुका साथै गोपिनियताको सपथ ग्रहण समेत गराएको छ । निर्वाचन अधिकृत प्रकाश श्रीबन्दले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका हुन् । निर्वाचन समितिका सदस्यहरुमा ज्ञानहरि रिजाल, सुशिल न्यौपाने, थानेश्वर गैरे र खेमराज विक रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे