LISTEN LIVE RADIO

स्वास्थ्य मन्त्री इन्द्रजीत थारुद्वारा बंगलाचुली अस्पतालको अनुगमन



स्वास्थ्य मन्त्री इन्द्रजीत थारुद्वारा बंगलाचुली अस्पतालको अनुगमन
 कमिरेचौर ७ साउन । लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजीत थारुले बंगलाचुली गाउँपालिका स्थित बंगलाचुली अस्पतालको अनुगमन गरेका छन् । मन्त्री चौधरीले शनिवार अनुगमन गरेका हुन् ।
बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर शुवासको विशेष निमन्त्रणामा मन्त्री थारुले अस्पतालको अनुगमन गरेका हुन् । मन्त्री थारुले बंगलाचुली अस्पतालको सम्पूर्ण कक्षको अवस्थाको अवलोकन गरेका छन् । भने बंगलाचुली गाउँपालिका वडा नम्वर १ स्थित प्राथमिक स्वाथ्य चौकी स्यूजाको पनि अवलोकन गरेका छन् ।
सो अवसरमा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनमगर शुवास,उपाध्यक्ष भक्त बहादुर जिसी, वडा नम्वर ४ का निवर्तमान वडा अध्यक्ष नारायण डाँगी,नेकपा माओबादी केन्द्र लुम्बिनि प्रदेश कमिटी सदस्य चुरामणी नेपाली,बंगलाचुली अस्पतालमा कार्यरत कर्मचारी लगाएतको सहभागिता रहेको थियो ।
अनुगमन पछी मन्त्री थारुले बंगलाचुली अस्पतालको विकासका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । बंगलाचुली अस्पताल हाल बंगलाचुली गाउँपालिकाको आफ्नै व्यवस्थापनमा संचालनमा रहेको अस्पताल हो । बंगलाचुली गाउँपालिका नेपालमै पालिका स्थरमा १५ शैय्याको अस्पताल संचालन गर्ने पहिलो पालिका हो ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे