दाङमा आज ५ जनामा कोरोना देखिदा ६ जना निको



दाङमा आज ५ जनामा कोरोना देखिदा ६ जना निको

दाङ ३ साउन । दाङमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ४० जनाको पिसिआर परिक्षण गर्दा ४ पुरुष र एक महिलामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेहरु घोराहीका ४ र गढवाका एक जना रहेका छन् ।

यो सँगै दाङमा अहिले सकृय बिरामीको संख्या एक सय जना रहेको छ । ति मध्य ८२ जना घरमै, ११ जना अक्सिजन सहितको उपचारमा र आईसियूमा ७ जना बिरामी रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ । आज ६ जना कोरोना मुक्त भएका छन् ।

घोराहीका ४, तुलसीपुर र शान्तिनगरका एक एक जना संक्रमित कोरोना मुक्त भएका हुन् । यो सँगै बैशाख यता कोरोना मुक्त हुनेको संख्या ७ हजार ९ सय ६५ जना रहेका छन् भने संक्रमितको संख्या ८ हजार २ सय ७१ पुगेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे