नेपालमा थप १ हजार ८ सय १ जनामा कोरोना सङ्क्रमण पुष्टि, १ हजार ६ सय ६७ सङ्क्रमित निको



नेपालमा थप १ हजार ८ सय १ जनामा कोरोना सङ्क्रमण पुष्टि, १ हजार ६ सय ६७ सङ्क्रमित निको

काठमाण्डाै ३ साउन ।  नेपालमा थप एक हजार आठ सय एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या सात लाख १६ हजार ४९ पुगेको छ ।

थप छ हजार ६२८ को पीसीआर परीक्षण तथा तीन हजारको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पीसीआर विधिबाट एक हजार दुई सय २३ तथा एन्टिजेनबाट पाँच सय ७८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म छ लाख ३२ हजार ७४ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार छ सय ६७ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

यस्तै काठमाण्डौ उपत्यकामा पछिल्लो समय तीन सय ३४ सङ्क्रमित थपिएका छन् । काठमाण्डाैमा दुई सय ३४, ललितपुरमा ६४ तथा भक्तपुरमा ३६ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २३ सङ्क्रमितले ज्यान गुमाएका छन् । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार पाँच सय ५० पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे