राप्ती गाउँपालिका पूर्ण खोप बालबालिका युक्त पालिका घोषणा



राप्ती गाउँपालिका पूर्ण खोप बालबालिका युक्त पालिका घोषणा

भालुवाङ ३१ असार । राप्ती गाउँपालिका पूर्ण खोप बालबालिका युक्त पालिका घोषणा भएको छ । राप्ती गाउँपालिका पूर्ण खोप समन्वय समितिले गत असार २१ गते पूर्ण खोप युक्त पालिका घोषणा सिफारीस गरेको थियो ।

राप्ती गाउँपालिकाका १५ महिना भित्रका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार लिनुपर्ने सम्पुर्ण खोप लिएको स्वास्थ्य संयोजक नारायण राउतले जानकारी दिनु भयो । सोही अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय दाङले आज पूर्ण खोप बालबालिका युक्त पालिका घोषणा गरेको संयोजक राउतले जानकारी दिनु भयो ।

‘स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल उदेश्यका साथ राप्ती गाउँपालिकाले पुर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको कारण जिल्ला जनस्वास्थ्य कार्यालय दाङद्धारा राप्ती गाउँपालिका पूर्ण खोप युक्त पालिका घोषणा गरिएको हो । घोषणा सभामा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख अंगत बहादुर शाहि, जनप्रतिनिधि, स्वास्थ्य कर्मी, लगाएतको उपस्थिती रहेको थियो ।

स्वास्थ्यकर्मीले सम्पुर्ण खोप लगाउने काम सम्पन्न गरेकोहुदा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ पालिका घोषणा गरिएको हो । सरकारले सबै लक्षित बालबालिकाले जन्मेको १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार पुर्ण खोप प्राप्त गरी विभिन्न रोगहरुबाट सुरक्षित राख्नको लागि पूर्ण खोपको अवधारणा शुरु गरेको हो ।

यस कार्यक्रममा खोपबाट छुट भएका सबै बालबालिकालाई पूरा खोप पाउने वातावरण सिर्जना गरी २३ महिना भित्र पुर्ण खोप लगाईने स्वास्थ्य संयोजक नारायण राउतले जानकारी दिनु भएको छ । घोषणा कार्यक्रममा कोरोना त्रास विच सामाजिक दुरी कायम गर्दै खोप लगाउने कार्यमा सहयोग पराउने ९ वटै वडा पुर्ण खोप समन्वय समिति संयोजक र सदस्य सचिव लाई समेत सम्मान गरिएको छ ।

९ वटै वडा पुर्ण खोप समन्वय समितिका संयोजक तथा स्वास्य कर्मी तारा बहादुर डिसी,रमा पौडेल, जगत बहादुर थापा लगाएतलाइ सम्मान समेत गरिएको छ । राप्ती गाउँपालिका पूर्ण खोप युक्त पालिका घोषणा गर्दै जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख अंगत बहादुर शाहिले गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरीलाई प्रमाण पत्र प्रदान गर्नु भएको हो । यो पूर्ण खोप युक्त पालिका हरेक वर्षको खोप कार्यक्रमले निर्धारण गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे