दाङमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि, २३ जना संक्रमण मुक्त १ जनाको मृत्यु



दाङमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि, २३ जना संक्रमण मुक्त १ जनाको मृत्यु

दाङ ३१ असार । दाङमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १ सय जनाको पिसिआर परिक्षण गर्दा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज संक्रमित हुनेहरुमा घोराहीका १८ जना, तुलसीपुरका ३, गढवा÷राजपुर र बंगलाचुलीका १÷१ जना र राप्तीका २ जना रहेका छन् । दाङमा आज सकृय बिरामीको संख्या १ सय १५ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । ति मध्य होम आईसोलेसनमा ९४ जना, आईसियुमा ८ जना र सामान्यमा १३ जना रहेका छन् । वैशाखयता कुल संक्रमितको संख्या ८ हजार २ सय ४४ जना रहेको छ ।

यस्तै वितेको २४ घण्टामा दाङका २३ जना कोरोना मुक्त भएका छन् । यो संगै बैशाख यता जिल्लामा ७ हजार ९ सय २३ जनाले कारोनालाई जितेका छन् । पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । जसमा बंगलाचुली गाउँपालिकाका ५८ बर्षिय पुरुष रहेका छन् । जिल्लामा वैशाखयता २०६ जनाको कोरोनाका कारण मृत्यु भएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे