LISTEN LIVE RADIO

लमही महोत्सवमा बसन्ती र दोषहरणको दमदार प्रस्तुती



लमही १५ माघ । लमही महोत्सवमा थारू गायिका बसन्ती चाैधरी र गायक दोषहरण चाैधरीले लागि ते लागि, जोर से बजैबु मदरा लगायतका गित गाउँदा दर्शकहरूले भरपुर्ण मनोरञ्जन लिएका छन् ।

“कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार”भन्ने मुल नाराका साथ अजम्बरी सामुदायिक वनको पिकनिक स्थल (बिबिधता पार्क) मा देउखुरी उद्योग वाणिज्य संघ लमहीले आयोजना गरेको छैठौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महाेत्सवको आइतबार चाैथो दिनमा बसन्ती र दोषहरणको प्रस्तुतीमा दर्शकहरू रमाएका थिए । स्टेजमा एकै साथ प्रस्तुत भएका यी जोडीले थारू गित मार्फत दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए ।

हिजोको तुलनामा दर्शकको उपस्थिति कम भएपनि सहभागी दर्शकहरूले नाचेर साथ दिएका थिए । महोत्सवमा करिव ५० हजार दर्शकले अवलोकन गर्ने र १ करोड बराबरको कारोबार गर्ने लक्ष्य आयोजकले राखेको छ । महोत्सव अवधिभर विभिन्न जातजाती तथा भाषाभाषीको संस्कृती झल्किने साँस्कृतिक कार्यक्रमहरु, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने बताइएको छ । महोत्सवमा भोली सोमबार चर्चित गायिका रचना रिमाल लगायतका राष्ट्रियस्तरका चर्चित कलाकारको प्रस्तुति रहने छ भने कुशल कार्यक्रम संचालिका उमादेवी खनालले भोली पनि कार्यक्रम संचालन गर्ने छिन् ।

त्यस्तै महोत्सवमा प्रकाश सपुत, बद्रि पंगेनी, प्रमोद खरेल, रामजी खाँड, पशुपति शर्मा, मेलिन राई, प्रिति आले, रमेशराज भट्टराई लगायतका करिब ५० बढी राष्ट्रीय तथा स्थानीय कलाकार आउने साँस्कृतिक संयोजक पोख्रेलले जानकारी दिएका छन् । महोत्सव अवधीभर अपाङगता भएका र जेष्ठ नागरिकहरुलाई परिचय पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । त्यस्तै सर्वसाधारणका लागि रु. १ सय तथा विद्यार्थीको हकमा रु ८० रुपैयाँ टिकटदर कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे