LISTEN LIVE RADIO

लमही महोत्सवमा गायक चन्द्र शर्मा, मञ्जु भट्टराई र बिन्दु परियारले मञ्च तताए



लमही १३ माघ । देउखुरी उद्योग वाणिज्य संघ लमहीको आयोजनामा सञ्चालित छैठौं देउखुरी कृषि पर्यटन तथा व्यापारीक महोत्सवको दोस्रो दिन शुक्रबार चर्चित लोकदोहरी गायक चन्द्र शर्मा र गायिका मञ्जु भट्टराईले दर्शकहरूलाई नचाउन सफल भएका छन् ।

चर्चित गायक शर्माले धानको चामल धानको चिउरा, बाच्छिले धान खायो, उखु गुलियो, हेर सानु र टप्पा लगायतका गीत गायर दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए ।

त्यस्तै मेलाको प्रमुख आकर्षणमा रहेकी अर्की गायिका मञ्जु भट्टराई, बिन्दु परियारले पनि विभिन्न गीत गाएर दर्शकलाई नचाएकी थिइन् । “कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार”भन्ने मुल नाराका साथ लमही स्थित
अजम्बरी सामुदायिक वनको पिकनिक स्थल (बिबिधता पार्क) मा सञ्चालित महोत्सवमा शर्मा, भट्टराई, परियार सँगै अन्य स्थानीय कलाकारहरूले दर्शकहरूलाई भरपुर्ण मनोरञ्जन दिएका थिए ।

महोत्सवमा करिव ५० हजार दर्शकले अवलोकन गर्ने र १ करोड बराबरको कारोबार गर्ने लक्ष्य आयोजकले राखेको छ । तर महोत्सवको दोस्रो दिन शुक्रबार दर्शकहरूको सहभागीता न्यून रहेको आयोजकले बताएको छ । दर्शक कम भएपनि महोत्सवको  महोत्सव अवधिभर विभिन्न जातजाती तथा भाषाभाषीको संस्कृती झल्किने साँस्कृतिक कार्यक्रमहरु, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने बताइएको छ ।

महोत्सवमा राष्ट्रियस्तरका चर्चित कलाकार प्रकाश सपुत, बद्रि पंगेनी, प्रमोद खरेल, रामजी खाँड, पशुपति शर्मा, मेलिन राई, प्रिति आले, रमेशराज भट्टराई लगायतका करिब ५० बढी राष्ट्रीय तथा स्थानीय कलाकार आउने साँस्कृतिक संयोजक पोख्रेलले जानकारी दिएका छन् ।

महोत्सव अवधीभर अपाङगता भएका र जेष्ठ नागरिकहरुलाई परिचय पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । त्यस्तै सर्वसाधारणका लागि रु. १ सय तथा विद्यार्थीको हकमा रु ८० रुपैयाँ टिकटदर कायम गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे