LISTEN LIVE RADIO

तुलसीपुरमा प्रमोदकाे हंगामा, आज चर्चित गायक पशुपति शर्मा र बिन्दु परियार कलाकार आउँदै



तुलसीपुरमा प्रमोदकाे हंगामा, आज चर्चित गायक पशुपति शर्मा र बिन्दु परियार कलाकार आउँदै

तुलसीपुर ८ पुस । चर्चित गायक प्रमोद खरेलले तुलसीपुरमा हंगामा मच्चाएका छन् । तुलसीपुरमा जारी प्रथम लुम्बिनी प्रदेश स्तरीय कृषि तथा पर्यटन महोत्सवमा उनले बिहीबार आफ्नो प्रस्तुतिले हंगामा मच्चाएका हुन् । महोत्सवको १२ दिनमा प्रमोदको प्रस्तुतिमा दर्शकहरु झुमेका थिए । अन्य दिन बेलुका पाँच बजे नै सुनसान हुने मेलामा बिहीबार भने प्रमोदको प्रस्तुति हेर्न दर्शकहरु रातीसम्म बसेका थिए ।

मौसम खरावीका कारण ढिलोगरी महोत्सवमा आएका खरेलले सुरुमै हंगामा भो कसम हंगामा भो भन्ने गित प्रस्तुत गरेका थिए । त्यसैगरी उनले तिम्रो माया मुटुमा धेरै छ, लाइदेउ न मायाले, झुमा झुम्कावाली, यो कुरा गोप्य नै राखौला, चल बतास चलचल, चाइदैन तिमी बिनाको लगायतका चर्चित गित प्रस्तुत गरेका थिए ।

त्यसैगरी हिजाे लोकदोहोरी गायिका टिका सानु, दिपव खड्का लगायतका स्थानीय स्तरका कलाकारहरुले गित नृत्य प्रस्तुत गरेका थिए । यसैबीच आज शुक्रबार मेलामा चर्चित लोक दोहोरी गायक पशुपति शर्मा, बिन्दु परियारलगायतका कलाकार आउँन थालेको आयोजकले जनाएको थिए । मेला पुस १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । मेलामा दिन दिनै दर्शकहरुको संख्या बढ्दै गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे