LISTEN LIVE RADIO

देउखुरीकाे ऐरावती क्याम्पस लालमटियाद्धारा क्याम्पस गीत सार्वजनिक (भिडियाे सहित)



देउखुरीकाे ऐरावती क्याम्पस लालमटियाद्धारा क्याम्पस गीत सार्वजनिक (भिडियाे सहित)

भालुवाङ ६ कार्तिक । देउखुरीकाे राप्ती गाउँपालिका-२, लालमटिया स्थित ऐरावती आदर्श बहुमुखी क्याम्पसले आज एक कार्यक्रमकाे आयाेजना गरी आफ्नाे क्याम्पस गीत सार्वजनिक गरेकाे छ ।

क्याम्पस सञ्चालक समितीका अध्यक्ष चन्द्रबहादुर जिसीकाे अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा प्रमुख अतिथी बिष्टले उक्त गीतकाे भिडियाे बजाएर तथा ब्यानर पढेर उद्घाटन गरेका थिए ।

सहायक क्याम्पस प्रमुख बिक्रान्त ज्ञवालीकाे शब्द तथा बिपिन घिमिरेकाे संगीत रहेकाे उक्त गीतमा विपिन घिमिरे र शिला बिष्टले स्वर दिएका छन् ।  करिब ६ मिनेट २४ सेकण्डकाे उक्त गीतमा सञ्जय श्रीपाल एरेन्ज गरेका छन् भने मुर्चुगा रेकर्डिङ स्टुडियाे काठमाडौँमा रेकर्डिङ गरिएकाे थियाे ।

उक्त गीतकाे ड्राेन छायांकन मेगा डिजिटल स्टुडियाे गरेकाे छ भने दृश्य सम्पादन साेही क्याम्पसका विधार्थी तथा रेडियाे राप्ती/राप्ती टेलिभिजनका लेखा तथा प्राबिधिक प्रमुख अरूण पाैडेलले गरेका छन्  ।

अहिले उक्त भिडियाे ऐरावती आदर्श बहुमुखी क्याम्पसकाे फेसबुक पेज र राप्ती टेलिभिजनकाे युटुब च्यानलमा अपलाेड समेत गरी सार्वजनिक गरिएकाे क्याम्पसका प्रशासन प्रमुख सन्ताेषकुमार याेगीले जानकारी दिए ।

क्याम्पस प्रमुख बिष्णुप्रसाद भुसालकाे स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रममा राप्ती गाउँपालिकाका निर्वतमान अध्यक्ष नुमानन्द सुवेदी, राप्ती गाउँपालिका-२, नम्बर वडाध्यक्ष पहलवान चाैधरी (अनुप) र नमूना आदर्श माध्यमिक विद्यालय लालमटियाका प्रधानध्यापक किरण पाेख्रेल लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमकाे सञ्चालन सहायक क्याम्पस प्रमुख बिक्रान्त ज्ञवालीले गरेका थिए ।

पुरा भिडियाे हेर्न यस लिङ्कमा क्लिक गर्नुहाेस् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे