LISTEN LIVE RADIO

सभामुख र उपसभामुख विरुद्धको रिटमा सर्वोच्चद्धारा कारण देखाऊ आदेश जारी



सभामुख र उपसभामुख विरुद्धको रिटमा सर्वोच्चद्धारा कारण देखाऊ आदेश जारी

काठमाडौं ९ असोज । सर्वोच्च अदालतले सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।

प्रतिनिधिसभाको कार्यकाल सकिएपछि सभामुख र उपसभामुखको पद पनि रिक्त गराउन माग गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय र संघीय संसद् सचिवालयलाई विपक्षी बनाई अधिवक्ताहरू किशोर पौडेल, अनुपम भट्टराई र जगन्नाथ दुलालले सर्वोच्चमा रिट दायर गरेका थिए ।

मंसिर ४ गते हुने निर्वाचनको प्रक्रिया शुरू भइसक्दासमेत सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालले पदबाट राजीनामा नदिएको अवस्थामा अदालतबाट रिक्त गराउन माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे