LISTEN LIVE RADIO

गजल : ए राजधानी तेरो के दुश्मनी छ हँ कर्णालीसङ्ग



गजल : ए राजधानी तेरो के दुश्मनी छ हँ कर्णालीसङ्ग

ए राजधानी तेरो के दुश्मनी छ हँ कर्णालीसङ्ग ?
तँसग हैन, कर्णाली मुकाबिला गर्छ, महामारीसङ्ग !

बा औला भाँचेर साहुको हिसाब निकाल्नु हुन्छ ।
सम्बन्ध झनै नजिक हुन पुग्छ मेरो राहदानीसङ्ग !

जो दिन प्रेमिले, प्रेमिकाको जुन बिश्वास तोड्ने छ ।
त्यै दिन प्रेमीका आर्यघाट पुग्नेछिन् मलामीसङ्ग !

उहिल्यै देखि म देश बोकी हिडिरहेकि योद्धा हुँ ।
मेरो युद्ध जारी छ आमा देश बेच्ने अपराधीसङ्ग !

ऊ यसरि नै ठिक छ उभिएकै ठाउँ उभिन दे‌ऊ सङ्गी ।
सालिकै भएपनि ऊ झुकेको छैन आजादीसङ्ग !

इस्वरी शर्मा (यसु) 
सल्यान

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे